गति र प्रदुर्यान्तरमा देखिने भिन्नताः तुलनात्मक विश्लेषण

Authors

  • Bhabindra Kunwar Kathmandu Research and Publication, Kathmandu

DOI:

https://doi.org/10.3126/aoj.v8i1.91093

Keywords:

दुर्यान्तर, प्रदुर्यान्तर, विस्थापन

Abstract

गति र प्रदुर्यान्तर भौतिकीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तत्जन्य भौतिक परिमाण हुन् । पिण्ड, लम्बाइ, र समयको आधारमा हेर्दा यी दुवै परिमाणका आयामिक सूत्र पि०ल१स–१ (ःण्ीज्ञत्(ज्ञ) देखिने भए पनि भूमिकाका आधारमा हेर्दा परस्परमा स्पष्ट भिन्नताहरू फेला पर्छन् । त्यस्ता भिन्नताको विश्लेषण गरिएका खोजमूलक र प्राज्ञिक सामग्रीको अभाव हुँदा भौतिकीका आधारभूत कुरा बुझ्न समस्या हुने देखिन्छ । यो अध्ययन यिनै दुई परिमाणका बीचमा रहेका भिन्नताको विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित छ । उद्देश्य परिपूर्ति गर्ने सिलसिलामा विषयसँग सम्बद्ध पुस्तक, विभिन्न जर्नलमा प्रकाशित अनुसन्धान लेख, स्थलगत परीक्षणबाट प्राप्त परिणाम, विषयसम्बद्ध समाचार, र अनलाइन स्रोतबाट सङ्कलित तथ्यलाई गुणात्मक विधिबाट विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । प्राप्त परिणामबाट गति र प्रदुर्यान्तर परस्परमा सम्बन्धित भौतिक परिमाण भए पनि परिभाषा, आधारभूत पक्ष, प्रकृति, एकाइ र आयामिक सूत्र, औचित्य, र अनुप्रायोगिक क्षेत्रका आधारमा ती दुई परिमाणका बीचमा भिन्नता फेला पार्न सकिन्छ । साथै प्रयोगात्मक भूमिकालाई दृष्टिगत गर्दा गतिले दुर्यान्तर र प्रदुर्यान्तर पहिल्याउन भूमिका निर्वाह गर्ने, र प्रदुर्यान्तरले चालकी, सकारण चालकी, र स्थितिकीसँग सम्बन्धित भौतिक परिमाणहरूको वर्णन र मापन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन आएको छ । तसर्थ यस अध्ययनबाट गणित र भौतिकीसँग सम्बद्ध अनुसन्धाता, भौतिकशास्त्री, वैज्ञानिक, शिक्षक, र विद्यार्थीलाई विशेष रूपले लाभ

Downloads

Download data is not yet available.
Abstract
0
PDF (Nepali)
0

Downloads

Published

2025-12-31

How to Cite

Kunwar, B. (2025). गति र प्रदुर्यान्तरमा देखिने भिन्नताः तुलनात्मक विश्लेषण . Annual Oxford Journal, 8(1), 15–27. https://doi.org/10.3126/aoj.v8i1.91093

Issue

Section

Articles