नारीवादी दृष्टिकोणले ‘शाकुन्तल’ महाकाव्यको अध्ययन

Authors

  • उमा मिश्र खरेल ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

Keywords:

स्त्रीवादी आलोचना परित्यक्ता, पितृसत्तात्मकता, प्रतिरोध, दमन

Abstract

भागिरथको गङ्गाझै नेपाली साहित्य धरतीमाअवतरण गरेको ‘शाकुन्तल’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको अद्वितीय महाकाव्य हो । यसमा देवकोटाले पितृसत्तावाट पीडित नारी पात्रका रुपमा मेनका शकुन्तलालाई प्रस्तुत गरेका छन् भने पितृसत्ताको मूल्य अनुसरण गर्ने नारी पात्रका रुपमा गौतमीलाई प्रस्तुत गरेका छन् । यस महाकाव्यमा प्रयुक्त नारी पात्रका भूमिका कार्य व्यापार आदिद्वारा कवि तत्कालीन नेपाली समाजमा नारीहरुको अवस्था कस्तो थियो भनी देखाउन चाहन्छन् । नारीप्रति सहानुभूति राख्ने र नारी मैत्री मानिने देवकोटाद्वारा लेखिएको नारीकै नामसँग सम्बन्धित शीर्षक भएको यस महाकाव्यको नारीवादी दृष्टिले अध्ययन गर्नु उचित ठानी ‘नारीवादी दृष्टिले शाकुन्तल महाकाव्यको अध्ययन’ शीर्षक अनुसन्धानात्मक लेख तयार गरिएको छ । यस महाकाव्यको नारीवादी दृष्टिकोणवाट अध्ययन विश्लेषण गर्दा गुणात्मक अनुसन्धान ढाँचामा वर्णनात्मक र विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । प्राथमिक र द्वितीयक श्रोतवाट सामग्री संकलन र त्यसको गहन अध्ययन गरी त्यसको गुणात्मक विश्लेषण गरिएको छ । आफ्नो यस महाकाव्यलाई ज्ञान, चातुरी, प्रेम र विलास सिक्ने पाठशाला मानेका देवकोटाले यसमा तत्कालीन नेपाली समाजको समग्र पक्षको चित्र हाम्रा सामु प्रस्तुत गरेका छन् । यस अध्ययनले शाकुन्तलभित्रको समाजका नारीहरुको अवस्थाका बारेमा उनीहरुमाथि पितृसत्ताद्वारा गरिएको दमन तथा त्यसको प्रतिरोधमा उठेका तरङ्गहरु बारे जानकारी गराउनुका साथै देवकोटाले नारीप्रतिको दृष्टिकोणको बारेमा जान्न चाहने जिज्ञासुको जिज्ञासा शान्त पार्न मद्दत गर्नेछ ।

Abstract
191
PDF
0

Author Biography

उमा मिश्र खरेल , ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्ज, त्रिभुवन विश्वविद्यालय

नेपाली विभाग

Downloads

Published

2020-12-31

How to Cite

खरेल उ. म. (2020). नारीवादी दृष्टिकोणले ‘शाकुन्तल’ महाकाव्यको अध्ययन. Academic Voices: A Multidisciplinary Journal, 10(1), 103-117. https://doi.org/10.3126/av.v10i1.74261

Issue

Section

Articles

How to Cite

खरेल उ. म. (2020). नारीवादी दृष्टिकोणले ‘शाकुन्तल’ महाकाव्यको अध्ययन. Academic Voices: A Multidisciplinary Journal, 10(1), 103-117. https://doi.org/10.3126/av.v10i1.74261