पर्खालभित्र र बाहिर उपन्यासमा पारिजातको वैचारिकता
DOI:
https://doi.org/10.3126/jki.v10i1.69928Keywords:
ऐतिहासिक भौतिकवाद, क्रान्तिचेतना, वर्गचेतना, वर्गपक्षधरता, अस्तित्ववाद, सन्तुलित नारीवादAbstract
प्रस्तुत लेखमा ‘पर्खालभित्र र बाहिर’ उपन्यासमा अभिव्यक्त पारिजातको वैचारिकताको विश्लेषण र संश्लेषण गरिएको छ । यसमा पुस्तकालयीय कार्यबाट सङ्कलित सामग्रीलाई गुणात्मक विधिबाट संश्लेषण गरिएका वैचारिकताका विविध आयामका आधारमा विश्लेषण गरी निष्कर्षसम्म पुगिएको छ । नेपाली नारीलेखनका साथै विश्वसाहित्यमै नारीलेखनमा एउटी अब्बल र सिद्धहस्त साहित्यकारका रूपमा स्थापित पारिजातका दशओटा औपन्यासिक कृतिमा प्रयुक्त वैचारिकताको संयोजनकारी कृतिका रूपमा ‘पर्खालभित्र र बाहिर’ उपन्यास रहेको देखिन्छ । प्रगतिवाद यस उपन्यासको मूलभूत वैचारिकता हो । यसमा मार्क्सवादसम्बद्ध वैचारिक तथा दार्शनिक चेतनालाई सिर्जनात्मक रूपले प्रयोग गरिएको छ । प्रथम पुरुष भोक्ता तथा द्रष्टा ‘म’ (रमेश) को कथावाचनमा प्रस्तुत भएको यस उपन्यासले नेपालको इतिहासको २०३४/२०३५ सालको पञ्चायतकालीन परिवेशलाई यथार्थपरक ढङ्गले चित्रण गरेको छ । मजदुरहरूको रगत–पसिना शोषण गरेर धनी र सुखी बन्ने तथा क्रान्तिका नाममा नक्कली क्रान्ति गर्दै सत्तासँग घाँटी जोडेर क्रान्तिप्रति बेइमानी गर्ने कथित क्रान्तिकारीका विरुद्ध यस उपन्यासमा तीव्र आक्रोश र विरोध व्यक्त गरिएको छ । श्रमशोषणको अन्त्य नभएसम्म समाजमा क्रान्ति चलिरहनेछ; एउटा पुस्ताले सो क्रान्ति सफल पार्न नसके पनि भावी पुस्ताले त्यो अवश्य सफल पार्नेछन् भन्ने गतिशील क्रान्तिचेतना प्रस्तुत उपन्यासको मूल सार हो । यस उपन्यासको सामान्यीकृत अध्ययन विश्लेषणका आधारमा पारिजातको औपन्यासिक व्यक्तित्वका वैचारिक अन्तर्वस्तुगत मूल पहिचानहरू- ऐतिहासिक भौतिकवादी पारिजात, नक्कली क्रान्ति र क्रान्तिकारीको विरोध, शोषणका विरुद्ध विद्रोह, वर्गचेत र निम्नवर्गीय पक्षधरता, धैर्यशील, समझयुक्त, सुझबुझपूर्ण र टिकाउ क्रान्तिचेत, विसङ्गतिवादका पृष्ठभूमिमा अस्तित्ववाद, समकालीनताबोध र सन्तुलित नारीचेतना रहेको निष्कर्ष प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Research Management Cell (RMC), Mahendra Morang Adarsh Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.