मातृभाषा शिक्षणमा देखापरेका चुनौतीहरू

Authors

  • मीरा प्रधान Janamaitri Multiple Campus

DOI:

https://doi.org/10.3126/jmcrj.v10i01.51302

Keywords:

मातृभाषा, पहिलो भाषा, दोस्रो भाषा, द्वैभाषिकता, बहुभाषिक कक्षा, शिक्षा नीति, पाठ्यक्रम

Abstract

प्रस्तुत लेखमा नेपालको सन्दर्भमा मातृभाषा शिक्षणसँग सम्बन्धित विविध पक्षहरूको अध्ययन गरिएको छ । वि. सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा १२३ वटा भाषा अस्तित्वमा रहेका छन्, जसमध्ये माध्यम भाषाका रूपमा रहेको नेपाली भाषा ४४.६४% ले मातृभाषाका रूपमा बोल्दछन् भने ५५.३६% को मातृभाषा नेपालीबाहेक अन्य रहेको छ । नेपालको अन्तरिम संविधान (२०६३) र नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिँदै नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक प्रदान गरेको छ, तर यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न विविध प्रकारका चुनौतीहरू रहेका छन् । यसै परिप्रेक्ष्यमा यस लेखमा नेपालमा बोलिने भाषाहरूको अवस्था, मातृभाषा शिक्षणको उद्देश्य, मातृभाषा शिक्षणमा देखापरेका समस्याहरू, मातृभाषा शिक्षणको क्षेत्रमा भएका प्रयासहरू र मातृभाषा शिक्षणमा विद्यमान समस्या निराकरण गर्न अपनाउन सकिने उपायहरू प्रस्तुत गरिएको छ । हाल नेपालमा मातृभाषा शिक्षणको क्षेत्रमा विभिन्न चुनौतीहरू देखिए तापनि लेख्यीकरणको स्तरमा आइसकेका भाषाहरूमा पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू निर्माण गरी पठनपाठन गर्ने कार्य प्रत्येक वर्ष बढ्दै गइरहेको  छ । आफ्नो जातिको भाषा संरक्षण र सम्बद्र्धनका लागि कतिपय जातिहरू लागिपरेका छन् । प्रादेशिक स्तरमा पनि यस क्षेत्रमा महत्त्वपूर्ण कामहरू सुरु भएका छन् । नेपालमा बोलिने भाषाहरूको संरक्षण, संवद्र्धन र विकास गर्ने, मातृभाषाहरूको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यता अध्ययन गर्ने, भाषाहरूको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने उद्देश्य अनुरूप वि. सं. २०७३ मा भाषा आयोग गठन भई यसले काम सुरु गरिसकेको छ । त्यसै गरी पाठ्यक्रम विकास केन्द्र, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, स्थानीय निकाय लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले नेपालमा अस्तित्वमा रहेका भाषाहरूको संरक्षण, संवद्र्धन र विकासका लागि विविध कार्यहरू गरिरहेको सन्दर्भमा यी संस्थाहरूले एकआपसमा समन्वय गरेर योजनाबद्ध रूपमा काम गर्ने हो भने मातृभाषा शिक्षणमा विद्यमान चुनौतीहरू क्रमशः कम हुँदै जाने निष्कर्ष यस लेखमा निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
31
PDF
82

Author Biography

मीरा प्रधान, Janamaitri Multiple Campus

सह–प्राध्यापक

Downloads

Published

2021-12-31

How to Cite

प्रधान म. . (2021). मातृभाषा शिक्षणमा देखापरेका चुनौतीहरू. JMC Research Journal, 10(01), 54–68. https://doi.org/10.3126/jmcrj.v10i01.51302

Issue

Section

Articles