भवानी भिक्षुका कथामा पात्रविधान

Authors

  • Guru Prasad Pokharel Nepali Department, Padma Kanya Mulitple Campus, Bagbazaar, Kathmandu, Nepal

Keywords:

कथातत्त्व, पात्रविधान, जीवनचेतना, आसन्नता, आबद्धता

Abstract

प्रस्तुत लेखमा कथातत्त्वअन्तर्गत पात्रविधानका कोणबाट भवानी भिक्षुका मनोवैज्ञानिक र सामाजिक यथार्थवादी कथाको विश्लेषण गरिएको छ । यसमा सर्वेक्षण, सूक्ष्म पठन तथा पाठ विश्लेषणको विधि प्रयोग गरी विश्लेषणात्मक विधिमार्फत् निष्कर्ष प्रस्तुत गरिएको छ । नारी, पुरुष, विभिन्न उमेर तथा स्तरका पात्रहरूको मानसिक, व्यावहारिक तथा क्रियाकलापगत आवेग र संवेग तथा मनस्थिति प्रस्तुत गरिएको यिनका कथामा मूलतः मनोविज्ञानका विविध रूप र सामाजिक समस्याका विविध स्वरूपलाई केलाइएको छ । भिक्षुका मनोवैज्ञानिक यथार्थवादी र सामाजिक यथार्थवादी कथाहरू विविध विषय परिधिमा केन्द्रित रहेका छन् । उनका मनोवैज्ञानिक यथार्थवादी कथाहरू नारी यौन, पुरुष यौन, नारी सामान्य, पुरुष सामान्य, नारी वात्सल्य प्रेम तथा बालमनोविज्ञानमा आधारित छन् भने सामाजिक यथार्थवादी कथाहरू सामाजिक, आर्थिक, राजनै तिक, ऐतिहासिक तथा पारिवारिक समस्यामा केन्द्रित छन् । वर्गीय पात्रका माध्यमबाट नारी तथा पुरुष मनका उद्वेलन तथा अचेतन मानसिकतालाई व्यक्त गरिएका यिनका कथामा गतिशील, स्थिर, अनुकूल, प्रतिकूल, वर्गीय, मञ्चीय, मुक्त तथा बद्ध जस्ता पात्रका सबै रूपको प्रस्तुति रहेको छ । उनका कथामा व्यक्तिगत तथा वर्गीय पात्रका माध्यमबाट नेपाली राजनीति, समाज, इतिहास, अर्थव्यवस्थाका कारणले सिर्जना गरेका सामाजिक समस्याहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

Abstract
229
PDF
0

Downloads

Published

2024-12-31

How to Cite

Pokharel , G. P. (2024). भवानी भिक्षुका कथामा पात्रविधान. JMC Research Journal, 13(1), 68-80. https://doi.org/10.3126/jmcrj.v13i1.73387

Issue

Section

Articles

How to Cite

Pokharel , G. P. (2024). भवानी भिक्षुका कथामा पात्रविधान. JMC Research Journal, 13(1), 68-80. https://doi.org/10.3126/jmcrj.v13i1.73387