@article{Pradhan_2019, title={पारिभाषिक शब्दमा अन्तर्निहित विशेषताहरू {Characteristics inherent in the terminology}, volume={8}, url={https://www.nepjol.info/index.php/JMCRJ/article/view/43082}, DOI={10.3126/jmcrj.v8i1.43082}, abstractNote={<p>ज्ञान विज्ञानका विभिन्न क्षेत्रमा विशिष्ट अर्थमा प्रयोग हुने र परिभाषा दिनुपर्ने खालका शब्दलाई पारिभाषिक शब्द भनिन्छ । यस्ता शब्दहरूले सम्बन्धित विषय क्षेत्रमा सधैँ एउटै, स्पष्ट र निश्चित अर्थ बुझाउने गर्दछन्, अर्थात् सन्दर्भअनुसार यिनको अर्थमा परिवर्तन हुँदैन । त्यस्ता शब्दहरू विज्ञान प्रविधिका विषयसँग सम्बद्ध हुँदा तिनलाई प्राविधिक शब्दका नामले पनि चिनिन्छ । नेपाली भाषामा सामान्य वा साधारण अर्थ लिएर सामान्य बोलीचालीको भाषामा र विशिष्ट वा साङ्केतिक अर्थ लिएर ज्ञान विज्ञानका विभिन्न क्षेत्रमा कतिपय शब्दहरू प्रयोग भइरहेको पाइन्छ, तर ती शब्दले बुझाउने सामान्य अर्थ र पारिभाषिक अर्थमा धेरै भिन्नता रहेको हुन्छ । यसैगरी एउटै पारिभाषिक शब्द पनि विषय क्षेत्रका आधारमा विशिष्ट र भिन्न अर्थ लिएर प्रयोग भइरहेका छन् । प्रस्तुत लेखमा सामान्य बोलीचालीमा प्रयोग हुने शब्दहरू र विभिन्न विषय क्षेत्रमा विशिष्ट अर्थ लिएर प्रयोग हुने शब्दहरूमा रहेको अन्तरलाई केलाउँदै पारिभाषिक शब्दको अर्थ स्पष्ट गरिएको छ । वर्तमान समयमा विभिन्न क्षेत्रमा प्रचलनमा रहेका नेपाली पारिभाषिक शब्दहरूको अवस्थालाई सामान्य चर्चा गर्नुका साथै पारिभाषिक शब्दहरूको आवश्यकता एवम् महत्त्व दर्साइएको छ । अन्त्यमा ज्ञान विज्ञानका विभिन्न क्षेत्रहरूमा प्रयोग गरिएका पारिभाषिक शब्दहरू र तिनका अर्थलाई आधार मानेर पारिभाषिक शब्दको विशेषताहरू प्रस्तुत गरिएको छ । {Terms that are used and defined in a specific sense in different fields of epistemology are called terminology. Such words always convey the same, clear and definite meaning in the relevant subject area, i.e. their meaning does not change according to the context. When such words are associated with the subject of science and technology, it is also known as technical word. There are some words used in Nepali language in general or general meaning in common spoken language and in specific or symbolic meaning in different fields of epistemology, but there are many differences in the general meaning and technical meaning of those words. Similarly, the same terminology is being used with specific and different meanings depending on the subject area. In the present article, the meaning of the technical term has been clarified by examining the difference between the words used in general conversation and the words used in different subject areas with specific meanings. The current situation of Nepali terminology in various fields is discussed in general and the need and importance of terminology is shown. In the end, the characteristics of the terminology based on the terminology used in different fields of epistemology and their meanings are presented.}</p>}, number={1}, journal={JMC Research Journal}, author={Pradhan, Meera}, year={2019}, month={Dec.}, pages={79–88} }