‘कान्छी, भट्टी र देश’ कवितामा माक्र्सवादी चिन्तन

Authors

  • महेन्द्र Mahendra वाग्ले Wagle महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज

DOI:

https://doi.org/10.3126/jotmc.v6i01.56413

Keywords:

सर्वहारा, पराइको मोर्र्चा, अबोध चेली, मुक्तिको बाटो, वर्गीय पक्षधरता

Abstract

प्रस्तुत लेखमा कृष्ण सेन ‘इच्छुक’ को ‘कान्छी, भट्टी र देश’ कवितालाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त माक्र्सवादी चिन्तनमा विभिन्न आयामहरूको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कविताको वैचारिकता निरूपण गरिएको छ । ‘कान्छी,भट्टी र देश’ कवितामा वर्गीय विचारलाई समेटेर नारीका वेदनालाई मुख्य केन्द्रमा राखेका छन् । यसमा नारीमाथि भएको शोषण, अन्याय अत्याचारको विरुद्धमा आवाज उठाई पितृसत्तात्मक सामाजिक र राज्यसत्ताको कारण नारीले भोगेको पीडा, शोषण र दमनको विरोध गरी वर्गीय पक्षधरता सहित नारी स्वतन्त्रता, स्वधीनता र समानताको पक्षमा उभिन आह्वानलाई प्रस्तुत गर्नु यस लेखको उद्देश्य हो । यस कवितामा विश्लेषण्का निम्ति सोद्देश्यमूलक नमुना छनौट पद्धतिबाट पाठगत तथ्याङ्क सङ्कलन गरी सघन विश्लेषण गरिएको छ । त्यसका निम्ति माक्र्सवादमा आधारित सर्वहारा वर्गको पक्षधरता, क्रान्तिकारी आशावादको अवस्था र साम्यवादी लक्ष्यको विश्लेषणात्मक सैद्धान्तिक ढाँचाको उपयोग गरी सम्पन्न गरिएको छ र ‘कान्छी, भट्टी र देश’ कवितामा कान्छीजस्ता नारीले समाज तथा राष्ट्रका विभिन्न तहमा कष्टकर जीवनयापन गरिरहेको हुनाले अन्याय र असमानताको विरुद्धमा क्रान्तिको आह्वान गरी मुक्तिको बाटो रोज्नुपर्छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
55

Downloads

Published

2023-07-10

How to Cite

वाग्ले Wagle म. M. (2023). ‘कान्छी, भट्टी र देश’ कवितामा माक्र्सवादी चिन्तन. Journal of Tikapur Multiple Campus, 6(01), 262–274. https://doi.org/10.3126/jotmc.v6i01.56413

Issue

Section

Articles