नेपालको संविधानमा प्रयुक्त शब्दभण्डारको अध्ययन

Authors

  • तिलकदेव Tilakdev गिरी Giri टीकापुर बहुमुखी क्याम्पस टीकापुर

Keywords:

संविधान, लोकतन्त्र, तद्भव, तत्सम, आगन्तुक, कानुन

Abstract

प्रस्तुत नेपालको ‘संविधानमा प्रयुक्त शब्दभण्डारको अध्ययन’ शीर्षकको अनुसन्धानात्मक लेख नेपालको संविधान २०७२ मा के कस्ता स्रोतका शब्द प्रयोग भएका छन् भन्ने समस्या तथा यसमा प्रयोग भएका शब्दको स्रोत पहिचान गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यसमा अध्ययनको क्षेत्र कानुन अन्तर्गत नेपालको संविधान रहेको छ । यसमा नेपालको संविधानका शब्दहरू आवृत्त नहुने गरी रेखाङ्कन तथा टिपोट गरेर सूचीकरण गरिएको छ । उक्त शब्दहरूलाई गुणात्मक विधि अन्तर्गतको दस्ताबेज अध्ययन विधिअनुसार वर्गीकरण तथा विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । शब्दहरू सङ्कलन गर्दा खासगरी स्वतन्त्र अर्थयुक्त कोशीय शब्दहरू नछुटाई टिपोट गरिएको छ । यसरी शब्दको सङ्कलन गर्दा जम्मा शब्दसङ्ख्या १६३९ मध्ये१०८२ तत्सम (६६.०१ प्रतिशत), तद्भव ३९५ (२४.१० प्रतिशत) र आगन्तुक १६२ (९.८८ प्रतिशत) पाइए । अध्ययनबाट तत्सम र तद्भव शब्दभन्दा पनि आगन्तुक शब्द अझैं न्यून रहेको पाइयो । नेपालको संविधान नेपाली भाषामा लेखिएको भएपनि यसमा तद्भव शब्दको बाहुल्य पाइएन । मौलिक स्रोतमध्ये तत्सम शब्दलाई नै प्राथमिकता दिइएकाले नेपाली भाषाको मूल कानुनमा संस्कृत शब्दको महत्व उल्लेख्य मात्रामा रहेको देखियो । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा भएकाले नेपालका हरेक नियम कानुन सबैले बुझ्न सक्ने गरी नेपाली भाषामा लेखिनु पर्ने, सरल सम्प्रेष्य र शुद्ध भाषिक प्रयोग हुनुपर्ने कुरामा पनि सजगता अपनाइएको देखिन्छ । प्रस्तुत अध्ययनबाट हरेक नियम कानुनको भाषा सम्बन्धी अध्ययनगर्ने भावी अनुसन्धाताहरूका लागि यथोचित सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Abstract
165
PDF
0

Downloads

Published

2023-07-10

How to Cite

नेपालको संविधानमा प्रयुक्त शब्दभण्डारको अध्ययन. (2023). Journal of Tikapur Multiple Campus, 6(01), 275-287. https://doi.org/10.3126/jotmc.v6i01.56469

Issue

Section

Articles

How to Cite

नेपालको संविधानमा प्रयुक्त शब्दभण्डारको अध्ययन. (2023). Journal of Tikapur Multiple Campus, 6(01), 275-287. https://doi.org/10.3126/jotmc.v6i01.56469