ऐतिहासिक भाषाविज्ञानका सन्दर्भमा नेपाली भाषा {Nepali language in terms of historical linguistics}

Authors

  • लयप्रसाद Layaprasad खतिवडा Khatiwada टीकापुर बहुमुखी क्याम्पस, टीकापुर

DOI:

https://doi.org/10.3126/jotmc.v6i01.56471

Keywords:

स्थानिक अध्ययन, पुनर्निर्माण, कालिक

Abstract

यस लेखमा ऐतिहासिक भाषाविज्ञानको परिचय, अध्ययन क्षेत्र र नेपाली भाषाको ऐतिहासिक अध्ययन गरिएको छ । भाषाको उत्पत्ति, विकास, परिवर्तनका आन्तरिक र बाह्य कारण, वर्गीकरण, दुई वा दुईभन्दा बढी समयको कालिक अध्ययन, स्थानिक अध्ययन र पुनर्निर्माण के कसरी भएको छ त्यसको अध्ययन ऐतिहासिक भाषाविज्ञानले गर्दछ । यस अध्ययनमा पुस्तकालयीय अध्ययनद्वारा सामग्री सङ्कलन गरिएको छ । सुविधाजनक र उद्देश्यमूलक नमुना छनोट विधिबाट प्राप्त भएका सूचनाका आधारमा व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनमा दस्तावेज, भाषा र व्याकरणका पुस्तक, पुराना ग्रन्थ, लेखरचना,पत्रपत्रिका आदिबाट सामग्री सङ्कलन गरी विश्लेषण गरिएको छ । यस अध्ययनमा ऐतिहासिक भाषाविज्ञानको परिचय,अध्ययन क्षेत्र र नेपाली भाषाको ऐतिहासिक स्वरूप के कस्तो छ ? भन्ने प्रश्नमा केन्द्रित रहेर त्यसको व्याख्या विश्लेषण गरिएको छ । ऐतिहासिक भाषाविज्ञानका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि यो लेख औचित्यपूर्ण र उपयोगी हुनेछ । ऐतिहासिक भाषाविज्ञानमा भाषाको विकास, परिवर्तनको कारण, कालिक र स्थानिक अध्ययन र भाषिक पुनर्निर्माण आदि कारणको खोजी गरिन्छ । प्रस्तुत अनुसन्धानमूलक लेखमा वर्णनात्मक र विश्लेषणात्मक विधिको अवलम्बन गरिएको छ । यस अध्ययनमा सङ्कलित सामग्रीलाई गुणात्मक ढाँचामा आधारित भई विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
38
PDF
171

Downloads

Published

2023-07-10

How to Cite

खतिवडा Khatiwada ल. L. (2023). ऐतिहासिक भाषाविज्ञानका सन्दर्भमा नेपाली भाषा {Nepali language in terms of historical linguistics}. Journal of Tikapur Multiple Campus, 6(01), 302–314. https://doi.org/10.3126/jotmc.v6i01.56471

Issue

Section

Articles