वैदिक र लौकिक वाङ्मयमा भाषिक चिन्तन {Linguistic thought in Vedic and secular literature}

Authors

  • कमप्रसाद Kamaprasad देवकोटा Devkota यमुनानन्द नमुना माध्यमिक विद्यालय, रुकुमपश्चिम

Keywords:

वैदिक संहिता, वेदाङ्ग, माहेश्वर सूत्र, प्रातिशाख्य, धातुज, ऐन्द्र सम्प्रदाय

Abstract

प्रस्तुत ‘वैदिक र लौकिक वाङ्मयमा भाषिक चिन्तन’ शीर्षकको अनुसन्धानात्मक लेखको अध्ययन क्षेत्र वैदिक र लौकिक संस्कृतमा विकसित भाषिक चिन्तन परम्परा हो । यो लेख वैदिक र लौकिक वाङ्मयमा के कस्ता भाषिक चिन्तनहरू भएका छन् ? यी वाङ्मयमा भएका भाषिक चिन्तनहरूबिच के कस्ता समानता र भिन्नताहरू रहेका छन् ? आदि प्राज्ञिक समस्यामा केन्द्रित रहेको छ । यसमा वैदिक भाषिक परम्परालाई सुदृढ बनाउने वैदिक संहिता, वेदको व्याख्या गर्न रचित ब्राह्मण, आरण्यक, उपनिषद्हरू, वेदाङ्ग, प्रातिशाख्य तथा शिक्षा ग्रन्थ जस्ता वैदिक कालका रचनाहरू तथा लौकिक वाङ्मय अन्तर्गत पर्ने पाणिनि पूर्वका भाषिक चिन्तनहरू, पाणिनि कालका त्रिमुनि आचार्यहरूका व्याकरणिक कार्यहरू तथा पाणिनि उत्तरयुगमा भएगरेका विभिन्न आचार्यहरूका चिन्तनहरू समेतलाई समेटिएको छ । यसमा वैदिक वाङ्मयहरूमा उल्लिखित ध्वनि, अक्षर, शब्द व्युत्पत्ति, शब्दवर्ग, धातु, प्रातिपदिक जस्ता विषयहरू तथा लौकिक वाङ्मयहरूमा प्रकृति प्रत्ययको कल्पना, भाषाका चार अवस्था परा, पश्यन्ती, मध्यमा र वैखरीको निरूपण, शब्दवर्गको स्थापना, शब्दार्थ सम्बन्ध, शब्दकोश लेखन, शब्द व्युत्पत्ति चेत, उच्चारणसम्बन्धी धारणा, स्फोटको कल्पना जस्ता भाषिक अवस्थाको खोजी गरिएको छ । यस लेखलाई तयार गर्न गुणात्मक ढाँचाअन्तर्गतको वर्णनात्मक पद्धतिको अवलम्बन गरिएको छ । पूर्वीय वाङ्मयसम्बन्धी अध्ययनका सामग्रीहरूलाई द्वितीयक स्रोतका रूपमा प्रयोग गरी आवश्यक व्याख्या विश्लेषणसहित निष्कर्ष निकालिएको छ । आधुनिक नेपाली व्याकरणमा प्रयुक्त शब्द व्युत्पत्ति, प्रकृति प्रत्यय, धातु, शब्दवर्ग, कारक, विभक्तिको विकास संस्कृत व्याकरणबाट भएको देखिन्छ ।

Abstract
290
PDF
0

Downloads

Published

2023-07-10

How to Cite

वैदिक र लौकिक वाङ्मयमा भाषिक चिन्तन {Linguistic thought in Vedic and secular literature}. (2023). Journal of Tikapur Multiple Campus, 6(01), 315-328. https://doi.org/10.3126/jotmc.v6i01.56472

Issue

Section

Articles

How to Cite

वैदिक र लौकिक वाङ्मयमा भाषिक चिन्तन {Linguistic thought in Vedic and secular literature}. (2023). Journal of Tikapur Multiple Campus, 6(01), 315-328. https://doi.org/10.3126/jotmc.v6i01.56472