कालमहिमा कवितामा काव्यहेतु, प्रयोजन र शब्दशक्ति

Authors

  • अनिल अधिकारी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
  • माया घिमिरे राममणि बहुमुखी क्याम्पस, रूपन्देही

Keywords:

काव्यहेतु, प्रतिभा, व्युत्पत्ति, अभ्यास, काव्यप्रयोजन, शब्दशक्ति

Abstract

प्रस्तुत लेखमा काल–महिमा कविताको स्रष्टा, सिर्जना र शब्दार्थ सम्बन्धका आधारमा विश्लेषण भएको छ । सामग्रीको सङ्कलन पुस्कालयबाट भएको यस लेखमा मूलसमस्या र शोध्यप्रश्नको समाधानका लागि पाठविश्लेषणमा आधारित गुणात्मक अनुसन्धानपद्धति तथा व्षख्यात्मक र विश्लेषणात्मक विधिको प्रयोग भएको छ । संस्कृत काव्यचिन्तनमा काव्यको भावसौन्दर्य तथा कलासौन्दर्यसँग सम्बन्धित काव्यहेतु, काव्यप्रयोजन, शब्दशक्ति, रस, ध्वनि, गुण, रीति, अलङ्कार, औचित्य, वक्रोक्तिजस्ता विषयका आधारमा विश्लेषण हुनेगर्दछ । यस लेखमा कविताको विश्लेषण काव्यहेतु, काव्य–प्रयोजनन र शब्दशक्तिसम्बन्धी सिद्धान्तका आलोकमा कालमहिमा कविताको विश्लेषण भएको छ । यस लेखमा सिर्जनाको कारक बनी स्रष्टा र सिर्जना बीचको अन्तर्सम्बन्धलाई बोध गराउने काव्यहेतु तथा सिर्जनाको लक्ष्य वा उद्देश्यलाई बोध गराउन आउने काव्यप्रयोजन तथा शब्दार्थ सम्बन्धका आधारमा साहित्यको अर्थ निर्धारण गर्ने शब्दवृत्तिसँग सम्बन्धित काव्यचिन्तनलाई सैद्धान्तिक अवधारणका रूपमा उपयोग भएको छ । प्रस्तुत कालमहिमा कवितामा अदृश्य तथा अमूर्त अवस्थामा रहेको कालका शाश्वत सत्यता, निरपेक्षता, निरन्तरता, गतिशीलता, निर्भिकताजस्ता प्रवृत्तिलाई कविप्रतिभा, शास्त्रज्ञान तथा अनुभव र अनुभूतिजन्य ज्ञानका आधारमा आध्यात्मिक भाव तथा कलासौन्दर्य काव्यहेतुका रूपमा प्रस्तुत भएको छ । यो कविता चतुर्वर्ग फलप्राप्तिका साथै लोकोपकारी तथा व्यावहारिक ज्ञानको प्रयोजन अभिव्यञ्जित भएको तथ्यका साथै आध्यात्मिक चिन्तनलाई भावजलधीमा तरल रूपमा प्रवाहित भएको वाच्यार्थमा शक्तिशाली रहँदै यही वाच्यार्थका माध्यमबाट लक्ष्यार्थ र व्यङ्ग्यार्थसमेत अभिव्यञ्जित भएको विषयमा विमर्श भएको छ ।

Abstract
299
PDF
0

Downloads

Published

2024-02-29

How to Cite

कालमहिमा कवितामा काव्यहेतु, प्रयोजन र शब्दशक्ति. (2024). Journal of Tikapur Multiple Campus, 7(1-2), 268-288. https://doi.org/10.3126/jotmc.v7i1-2.63207

Issue

Section

Articles

How to Cite

कालमहिमा कवितामा काव्यहेतु, प्रयोजन र शब्दशक्ति. (2024). Journal of Tikapur Multiple Campus, 7(1-2), 268-288. https://doi.org/10.3126/jotmc.v7i1-2.63207