आफर कवितासङ्ग्रहका कवितामा दलित प्रतिरोध

Authors

  • लाबण्यप्रसाद ढुंगाना PhD Scholar, Tribhuvan University

DOI:

https://doi.org/10.3126/jotmc.v7i1-2.63208

Keywords:

वर्णवाद, प्रतिरोध, जातव्यवस्था, सांस्कृतिक, किनारीकृत

Abstract

Correction: On 19/04/2024 the author of this paper has been changed from जीवन श्रेष्ठ to लाबण्यप्रसाद ढुंगाना

‘आफर’ (२०७३) कवितासङ्ग्रहमा सङ्गृहीत कवितामा अभिव्यक्त दलित प्रतिरोधको अध्ययनलाई प्रस्तुत लेखमा विषय बनाइएको छ । ‘आफर’ दलित प्रतिरोधी आवाज व्यक्त भएका कविताहरूको सङ्गालो हो । यहाँ दलितहरूमाथि भएको उत्पीडनको केकस्तो प्रतिरोध गरिएको छ भन्ने जिज्ञासाको समाधान खोजिएको छ । यस अध्ययनका लागि आवश्यक प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरू पुस्तकालयीय कार्यबाट सङ्कलन गरिएका छन् । प्रस्तुत अध्ययनका लागि ‘आफर’ सङ्ग्रहका ३३ ओटा कविताबाट सोद्देश्य नमुना छनोट गरी आठ जना कविका एक एकका दरले आठओटा कविता लिइएका छन् । अध्ययनका लागि चमनलाल, ओमप्रकाश वाल्मीकि, शरणकुमार लिम्बाले, मिचेल फुको तथा राजेन्द्र महर्जन र यामबहादुर किसानका धारणालाई सैद्धान्तिक पर्याधारका रूपमा लिई तर्क तथा विश्लेषण विधिका माध्यमले निष्कर्षसम्म पुग्ने प्रयास गरिएको छ । यस अध्ययनमा ‘आफर’ सङ्ग्रहका कविताले नेपाली समाजमा सदियौँदेखि विद्यमान दलितमाथिका आर्थिक, सामाजिक, राजनीतिक, धार्मिकसांस्कृतिक एवम् वर्णवादजन्य उत्पीडनका विरुद्ध सशक्त प्रतिरोधी आवाज व्यक्त गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
2

Downloads

Published

2024-02-29

How to Cite

ढुंगाना ल. (2024). आफर कवितासङ्ग्रहका कवितामा दलित प्रतिरोध. Journal of Tikapur Multiple Campus, 7(1-2), 289–308. https://doi.org/10.3126/jotmc.v7i1-2.63208

Issue

Section

Articles