नेपालमा बहुभाषिक शिक्षाः नीति र अभ्यासको वास्तविक अवस्था अध्ययन

Authors

  • अन्जली अधिकारी

Keywords:

बहुभाषिक सक्षमता, गुणात्मक शिक्षा पद्धति, विषयका रूपमा मातृभाषा, सञ्चारात्मक अभ्यास, सारगत उपागम

Abstract

शिक्षण सिकाइका क्रममा दुई वा सोभन्दा बढी भाषाहरूको उपयोग गरिने पद्धतिलाई बहुभाषिक शिक्षा भनिन्छ । नेपालको बहुभाषिक शिक्षाको सन्दर्भमा भएका कानुनी र संवैधानिक व्यवस्थाअनुसार विद्यालयमा गरिएका मातृभाषा अभ्यासको अध्ययन गर्ने उद्देश्य यस लेखको रहेको छ । प्रस्तुत अध्ययनमा गुणात्मक पद्धतिअन्तर्गत घटना अध्ययनलाई सञ्चारात्मक क्रिया सिद्वान्तका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा मुख्य फेनोमेना (घटना) को रूपमा मातृभाषाको उपयोगलाई लिइएको छ । तथ्य सङ्कलनका लागि बहुविधि (संलेख, सघन अन्तर्वार्ता र कक्षा अवलोकन) पद्धति अपनाइएको छ । सहभागीका रूपमा नेपाल भाषा शिक्षक, प्रधानाध्यापक र अवलोकनका लागि कक्षा ६ छनोट गरी प्राथमिक स्रोतका गुणात्मक तथ्य र बहुभाषिक शिक्षासम्बन्धी संलेखबाट द्वितीय स्रोतका तथ्य सङ्कलन गरिएको छ । यसरी प्राप्त जानकारीलाई सारगत उपागमका आधारमा सार निर्माण गर्दै विभिन्न शीर्षक र उपशीर्षकमा विश्लेषण गरी लेखलाई अन्तिम रूप दिइएको छ । विद्यालयले साना कक्षादेखि क्रमबद्ध रूपमा बहुभाषाका विद्यार्थीलाई मातृभाषाा पढाउने व्यवस्था गरेमा स्थानीय भाषा र संस्कृतिको विकास साथै संरक्षणमा टेवा पुग्ने कुरा अध्ययनको प्राप्ति मानिएको छ । बहुभाषिक देश नेपालका विद्यार्थीलाई बहुभाषामा शिक्षा दिई धेरै भाषामा सक्षम पार्नका लागि बहुभाषिक शिक्षा वा मातृभाषाको शिक्षणका लागि बहुभाषिक शिक्षा भन्नेमा सरोकारवालाहरूमा स्पष्ट धारणाको विकास गरी मातृभाषालाई शिक्षामा उपयोग गर्नु वाञ्छनीय हुने अध्ययनको निष्कर्ष रहेको छ ।

Abstract
268
PDF
0

Downloads

Published

2025-02-28

How to Cite

नेपालमा बहुभाषिक शिक्षाः नीति र अभ्यासको वास्तविक अवस्था अध्ययन. (2025). Journal of Tikapur Multiple Campus, 8(8), 321-342. https://doi.org/10.3126/jotmc.v8i8.75991

Issue

Section

Articles

How to Cite

नेपालमा बहुभाषिक शिक्षाः नीति र अभ्यासको वास्तविक अवस्था अध्ययन. (2025). Journal of Tikapur Multiple Campus, 8(8), 321-342. https://doi.org/10.3126/jotmc.v8i8.75991