ग्रामीण विकास अध्ययनमा अन्तर्विषयात्मकता
DOI:
https://doi.org/10.3126/kv.v6i1.86596Keywords:
सामाजिक समस्याहरु, अन्तर्विषयात्मकताको प्रकृति, ग्रामीण विकासAbstract
अन्तर्विषयात्मक अध्ययन जटिल सामाजिक समस्याहरुको नीतिगत तथा ज्ञानात्मक समाधान खोज्न गरिने एक छुट्टै अध्ययन परम्परा हो । पछिल्लो समयमा विश्वविद्यालय लगायत शिक्षण तथा अनुसन्धान निकायहरुमा गरिने अनुसन्धान कार्यमा अन्तर्विषयात्मक अध्ययनको माग विश्वव्यापी रूपमै बढिरहेको छ । नेपालमा भने यो अध्ययन एक नयाँ प्रयोगजस्तो देखिन्छ । यस लेखमा त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत वि सं २०५८ सालमा स्थापित अन्तर्विषयात्मक विषय ग्रामीण विकासमा हुने विद्यावारिधि तहका अध्ययनहरुको अन्तर्विषयात्मकताको प्रकृति र प्रवृत्तिको विश्लेषण गरिएको छ । अन्तर्विषयात्मक विषयमै अन्तर्विषयात्मकताको स्थिति बुभन सकियो भने अन्य संस्थागत विषयमा हुने अन्तर्विषयात्मक अध्ययनका बारेमा अनुमान लगाउन सजिलो हुन्छ भन्ने मान्यताले यो लेख तयार पारिएको छ । यसमा ग्रामीण विकास विषयमा विद्यावारिधिरत सात जना सहभागीबाट अन्तर्वार्ता विधिद्धारा प्राप्त धारणाको विषयगत विश्लेषण गरी निष्कर्ष निकालिएको छ । लेखमा ग्रामीण विकास विषयमा भइरहेका अन्तर्विषयात्मक अध्ययनहरुमा अन्तर्विषयात्मकताको प्रवृत्ति तीन किसिमको भएको निष्कर्ष निकालिएको छ l पहिलो, सामान्य जानकारी लिई अगाडि बढाइएको (आंशिक बोधबाट अन्तर्विषयात्मकता), दोस्रो, अध्ययन अगाडि बढाउँदै गर्दा जानकारी भएको प्रक्रियाबाट आंशिक बोध), र तेस्रो, पूर्व जानकारी पनि नभएको र अध्ययनका क्रममा पनि थाहा नभएको (न बोध न प्रक्रिया) । अन्त्यमा प्राप्त निष्कर्ष र पूर्व प्रकाशित सामाग्रीको संयोजन गरी यस लेखमा ग्रामीण विकास बिषयमा गरिने अन्तर्विषयात्मक अध्ययनको प्रक्रियागत खाका (Process framework) पनि प्रस्ताव गरिएको छ ।