उलार उपन्यासमा सीमान्तीयता

Authors

  • कटकबहादुर Katakbahadur जप्रेल Japrel सुदूरपश्चिम विश्वविद्यालय

Keywords:

प्रतिरोधी चेतना, उलार, प्रभुत्व, सीमान्तीयता

Abstract

यस अध्ययनमा उपल्लो वर्गको शासकीय सामन्तवादी राज्यव्यवस्थाले अवलम्बन गरेको जनविरोधी विचारबाट सिर्जित वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय सीमान्तीयता प्रभुत्व प्रतिरोधको विश्लेषणका लागि सीमान्तीयताको सैद्धान्तिक पक्षलाई मूल आधार मानी ‘उलार’ उपन्यासको अध्ययन गरिएको छ । सीमान्तपात्रको प्रतिनिनिधित्व र पहिचान तथा सीमान्तपात्रको अवाज र प्रतिरोधी चेतना मूलसमस्या र शोध्यप्रश्नको समाधानका लागि पाठविश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । सीमान्तीय अध्ययन भनेको सत्तासम्बन्धबाट सिर्जित विभेद र त्यसबाट विभाजित सामाजिक रूपरेखाका रूपमा परिभाषित विषय हो । यसमा मूलतः सामाजिक संरचनामा राज्यको मूलधारबाट बाहिर पारिएका, इतिहासविहिन र अवाजविहिन शोषित, उत्पीडित, समदुाय, वर्ग वा व्यक्तिको अध्ययन गरिएको हुन्छ । साहित्यिक पाठमा प्रयोग भएका विषयका आधारमा सत्तासम्बन्ध पहिचान गरी केन्द्र र किनारामाथिको आलोचनात्मक दृष्टिकोण सीमान्तीय अध्ययनको प्रमुख कडी हो भने उलार उपन्यासमा सामाजका शोषक, सामान्त, र राज्यव्यवस्थाको दोहरो मारमा परेका सीमान्तपात्र र परिवेशको जीवन्त प्रस्तुति भएको प्रमाणका आधारमा सीमान्तयताका दृष्टिकोणले अध्ययनीय सामग्री रहेको छ । उपन्यासको केन्द्रमा पञ्चायती व्यवस्था तथा वर्तमान व्यवस्थामा सीमान्त भूमिकामा रहेका प्रतिरोधी चेतना भएका नेपाली जनताका प्रतिनिधि पात्रहरू प्रेमललवा, द्रौपदी र त्यहाँको समुदायलाई प्रतिनिधिमूलक रूपमा प्रस्तुत गरिएको छ । देशमा व्यवस्था परिवर्तन भएपनि शासकको व्यवहार, सोच र प्रवृतिमा परिवर्तन नभएकोले सीमान्तीय समुदायको अवस्था ज्युँकात्युँ रहेको चित्र प्रस्तुत गरिएको छ । समाजमा सीमान्त वर्ग, समुदाय वा व्यक्तिमाथि गरिएको अन्याय, अत्याचार, घृणा, उपेक्षा, अवहेलना, शोषण, दमन, उत्पीडन तथा थिचोमिचोको अन्त्यका लागि सीमान्तीय समुदाय वा वर्गले आफूमाथि लादिएको व्यवहार अन्याय, उत्पीडन र उपेक्षाका विरुद्धमा प्रतिरोधी चेतनाको विकास हुँदै गएको यथार्थलाई महत्वका साथ प्रस्तुत गरी निष्कर्षमा पुगिएको छ ।

Abstract
220
PDF
0

Author Biography

कटकबहादुर Katakbahadur जप्रेल Japrel, सुदूरपश्चिम विश्वविद्यालय

 विद्यावारिधि शोधार्थी 

Downloads

Published

2024-05-21

How to Cite

जप्रेल Japrel क. K. (2024). उलार उपन्यासमा सीमान्तीयता. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 7-15. https://doi.org/10.3126/pb.v6i11.65990

Issue

Section

Articles

How to Cite

जप्रेल Japrel क. K. (2024). उलार उपन्यासमा सीमान्तीयता. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 7-15. https://doi.org/10.3126/pb.v6i11.65990