सहनशीला सुशीला नाटकमा नारी उत्पीडन

Authors

  • कलावती Kalawati रूपाखेती Rupakheti त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्याल

Keywords:

पुरातनवादी, जैविकीय, पितृसत्ता, उत्पीडन, सांस्कृतिक मूल्य

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा नारीवादी सैद्धान्तिक मान्यताअन्तर्गत नारी उत्पीडनका आधारहरू प्रस्तुत गरिएको छ । पितृसत्तात्मक सामाजिक संरचनाभित्र नारीले झेल्ने उत्पीडनलाई जैविकीय आधार तथा सामाजिक–सांस्कृतिक आधारमा विभाजन गरेर तत्सम्बन्धी सैद्धान्तिक मान्यताको प्रस्तुति यसमा गरिएको छ ।नाटकको परम्परागत पितृसत्तात्मक सामाजिक संरचनाभित्र निर्मित लैङ्गिक विभेदका कारण उनीहरू उत्पीडित भएका छन् । जैविकीय आधारमा तथा सामाजिक–सांस्कृतिक आधारमा उनीहरूले उत्पीडन झेलेको देखिएको छ । यस नाटकको प्रमुख भूमिकामा रहेकी सुशीला र अर्की पात्र बाटुलीले नारी भएकै कारण समाजमा स्वतन्त्र भएर बाँच्न पाएका छैनन् । सुशीलाले आफ्नो पतिको अन्याय र अत्याचार सहन बाध्य भएकी छे । उसको पक्षमा आफ्ना दाजु र बाबुले समेत साथ दिएका छैनन् । किनकी ऊ नारी भएको कारणले उसको पक्षमा नउभिई उल्टै जुवाइँको पक्षमा वकालत गरेकोबाट प्रष्ट देखिन्छ । उपर्युक्त सैद्धान्तिक मान्यताका आधारमा नाटककार भीमनिधि तिवारीको सामाजिक नाटक सहनशीला सुशीलामा प्रयुक्त नारी उत्पीडनको विश्लेषण गरिएको प्रस्तुत लेखमा नाटककार तिवारीले आफ्नो यस नाटकमा नारी उत्पीडनको प्रस्तुतिका माध्यमबाट स्थापित पुरातनवादी मूल्यमान्यतामा परिवर्तन हुनुपर्ने आशय व्यक्त गरेको निष्कर्ष निकालिएको छ ।

Abstract
194
PDF
0

Author Biography

कलावती Kalawati रूपाखेती Rupakheti, त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्याल

 उप्राध्यापक

Downloads

Published

2024-05-21

How to Cite

रूपाखेती Rupakheti क. K. (2024). सहनशीला सुशीला नाटकमा नारी उत्पीडन . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 16-22. https://doi.org/10.3126/pb.v6i11.65991

Issue

Section

Articles

How to Cite

रूपाखेती Rupakheti क. K. (2024). सहनशीला सुशीला नाटकमा नारी उत्पीडन . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 16-22. https://doi.org/10.3126/pb.v6i11.65991