अन्तर्मनको यात्रामा मृत्युबोध

Authors

  • बद्रीप्रसाद Badriprasad ढकाल Dhakal

Keywords:

सहज प्रक्रिया, आत्मस्विकारोक्ति, निर्वाण, मृत्युबोध, भयचेतना

Abstract

अन्तर्मनको यात्रामा प्रस्तुत गरिएको मृत्युबोध अथवा मृत्युिचन्तनको विश्लेषण गरी प्राप्त भएको निचोड प्रस्तुतसम्बन्धीमान्यताको विश्लेषण गर्दा प्राप्त भएको मुख्य पक्ष के हो भने जन्मेपछि मृत्युसहज प्रक्रिया हो मानव हुन् या प्राणी तिनकोमृत्यु निश्चित छ । हामीलाई मृत्यको बोध छ तर पटकपटक सम्झाउनु पर्छ । हामीले मृत्युलाई सहजै स्वीकार गर्न सक्ने स्थितिमा पुग्नका लागि ज्ञानबाट नै सम्भव छ जीवनको अन्तिम अवस्थामा आफूले गरेका कर्मबोध गरी असल कर्मलाई मनन गर्दै चित्त वा मन नै सम्पूर्ण किसिमका भय, बन्धन र यसको समान्यीकरण गर्न सके अन्तिम अवस्थामा सरल मृत्यु प्राप्त हुन सक्दछ । ज्ञानद्वारा नै मृत्युबोध गर्न सके मात्र मृत्यु भयबाट मुक्त हुन्छ भन्ने कुरा नै यस लेखको निचोड हो र मृत्युसम्बन्धी विभिन्न स्रोतद्वारा मृत्युबोधको प्रस्तुत गर्नु यस लेखको प्रमुख उद्देश्य हो । आफ्नो जीवनको दुखपूर्ण दिन र मृत्युको दिनगन्ती सुरु भइसकेपछि जीवनमा भोगेको अनगिन्ती आरोह–अवरोहलाई सम्झदै भोग्दै पीडापूर्वक बिताएका पललाई ‘अन्तर्मनको यात्रा’मा समेटेका छन् । जीवनको अन्तिम अवस्थामा (माइलोमा) रक्तक्यान्सरको कीमो उपचार गर्दा भोग्नुपरेको अत्यन्त कष्टप्रद पललाई अभिव्यक्त गरिएको छ । मृत्युलाई नजिकबाट बोध गरेर मृत्युका कुरामा दार्शनिक पक्षलाई समावेश गरी अन्तिम सत्यलाई आत्मसात् गर्दै सुखद्पूर्ण मृत्यु अँगाल्न आग्रहसमेत गरेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
267
PDF
1

Author Biography

बद्रीप्रसाद Badriprasad ढकाल Dhakal

स्वतन्त्र अनुसन्धाता

Downloads

Published

2024-05-21

How to Cite

ढकाल Dhakal ब. B. (2024). अन्तर्मनको यात्रामा मृत्युबोध. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 106-115. https://doi.org/10.3126/pb.v6i11.66022

Issue

Section

Articles

How to Cite

ढकाल Dhakal ब. B. (2024). अन्तर्मनको यात्रामा मृत्युबोध. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 106-115. https://doi.org/10.3126/pb.v6i11.66022