पर्दाभित्र... उपन्यासमा पात्रविधान

Authors

  • हरिप्रसाद Hariprasad तिमिल्सिना Timilsina

Keywords:

इमान्दार, लागुऔषध, बेचैन, ग्रहशान्ति, व्यवसाय

Abstract

प्रस्तुत लेख गङ्गाप्रसाद भेटवालद्वारा लिखित पर्दाभित्र.....उपन्यासमा पात्रहरूको भूमिका र संयोजनमा आधारित छ । उपन्यासमा प्रयुक्त पात्र र तिनको भूमिकाका आधारमा अध्ययन गरी तिनै प्रकारका पात्रहरूको विश्लेषण गरिएको छ । यस उपन्यासमा मुख्य पात्रहरूमा पनि मुख्य भूमिका वसन्ते, ज्योतिषिबाबा र ज्योतिषिआमाका रहेका छन् । पात्र संयोजनको प्रमुख भूमिका निर्वाह गराउन खनाल अङ्कलको भूमिका रहेको छ । यसरी यी चार पात्रको माध्यमबाट कथानकले मुख्य गन्तव्यसम्म पुग्ने संयोग जुराएको छ । यसैगरी सहायक पात्रहरूमा चौथो परिच्छेददेखि पन्ध्रौँ परिच्छेदसम्म आएका पात्रहरू वकिल, पूर्व न्यायाधीश, साहुजी, महिला, सरला, विक्रम, सेवाग्राही, डम्बरध्वज, पिताम्बरजी, तिवारीजी, प्रोफेसर, डाक्टर लगायतका पात्रहरू रहेका छन् । अति गौण पात्रको रूपमा सुन्दर लावती, तुङ्गनाथ उपाध्याय लगायतका पात्रहरू रहेका छन् । यी सबै पात्रहरूको संयोजनबाट पर्दाभित्र... उपन्यास पात्रविधानका दृष्टिकोणबाट उत्कृष्ट उपन्यास रहेको ठहरिन्छ । यो उपन्यासले हाम्रो समाजमा स्वस्थ, शिक्षित, सक्षम युवा पुस्ता पनि रहेका छन् तर तिनीहरू यो समाज बदल्नलाई सक्रिय रूपले अगाडि निक्ली नसकेको अवस्था भएको कारणले वसन्तेको माध्यमबाट ती समस्त युवाहरूलाई देशको चौतर्फी विकास गर्न, संस्कृतिको संरक्षण गर्न र नेपाली पहिचानलाई सुदृढ बनाउन अगाडि आउन आह्वान गरिएको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
242
PDF
1

Author Biography

हरिप्रसाद Hariprasad तिमिल्सिना Timilsina

प्राध्यापन, भाषा वाङ्मयका क्षेत्रमा अनुसन्धानरत

Downloads

Published

2024-05-21

How to Cite

तिमिल्सिना Timilsina ह. H. (2024). पर्दाभित्र... उपन्यासमा पात्रविधान . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 149-158. https://doi.org/10.3126/pb.v6i11.66069

Issue

Section

Articles

How to Cite

तिमिल्सिना Timilsina ह. H. (2024). पर्दाभित्र... उपन्यासमा पात्रविधान . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(11), 149-158. https://doi.org/10.3126/pb.v6i11.66069