नेपाली मुक्तकको संरचनात्मक विश्लेषण

Authors

  • Tulasi Prasad Gautam

Keywords:

अनुप्रास, पूर्वापर प्रसङ्ग, बर्तुलित, सर्गबन्ध, सर्गमुक्त

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख मुक्तकको संरचनात्मक विश्लेषणमा केन्द्रित छ । यो अनुसन्धान गुणात्मक प्रकृतिको रहेको छ । यसमा सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यसमा ललित बस्नेत ‘भिमाली’, शशी थापा सुब्बा, अञ्जु अञ्जली, विश्वासदीप तिगेला, रुद्र ज्ञवाली, यादव खरेल, नरबहादुर लिम्बू, सरुभक्त, अमर त्यागी, रामकाजी कोने, अमित थेबे, भूपी शेरचन, विष्णुबहादुर सिंह, शक्तिबल्लभ अर्याल, इन्द्रकुमार श्रेष्ठ ‘सरित’ आदिका चयनित मुक्तकलाई प्राथमिक सामग्रीका रूपमा लिइएको छ भने मुक्तकका सम्बन्धमा लेखिएका सैद्धान्तिक पुस्तक तथा लेखहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । मुक्तक कविताकै एक भेद भएको हुनाले यसको विमर्श र विश्लेषणका लागि यसमा कविताकै तत्त्वहरूलाई आधार बनाइएको छ । यसमा मुक्तकको संरचना, भाव विचार, भाषाशैली, लयविधान आदिको अध्ययन गरी निष्कर्ष प्रस्तुत गरिएको छ । अध्ययनका क्रममा सङ्कलित मुक्तकहरूको अर्थापनका लागि वर्णनात्मक र विश्लेषणात्मक पद्धति प्रयोग गरिएको छ । यस अध्ययनबाट मुक्तक नेपाली कविताको लघुतम रूप भएको र यसको संरचना भाव वा विचार, भाषाशैलीय विन्यासअन्तर्गतका छन्द र लय, विम्ब, प्रतीक, अलब्कार आदि तत्त्वहरूको संयुक्त संयोजनबाट निर्मित हुने निष्कर्ष प्राप्त भएको छ ।

Abstract
243
PDF
23

Downloads

Published

2024-10-04

Issue

Section

Articles

How to Cite

Gautam, T. P. (2024). नेपाली मुक्तकको संरचनात्मक विश्लेषण. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 44-50. https://doi.org/10.3126/pb.v6i12.70496