रखेल कथामा लैङ्गिकता

Authors

  • Manmaya Pokhrel

Keywords:

अधीनस्थ, नारीवाद, पितृसत्ता, भोग्या, वस्तुकरण

Abstract

प्रस्तुत लेख निलम कार्की ‘निहारिका’द्वारा लिखित ‘रखेल कथा’ मा प्रयुक्त लैङ्गिकताको अध्ययन गर्ने क्रममा तयार पारिएको हो । यसमा लैङ्गिक समालोचनाको परिचय दिँदै यसका आधारभूत मान्यताहरूको सामान्य चर्चा गरिएको छ । यस क्रममा लैङ्गिक सम्बन्ध, नारीवाद, पितृसत्ता र शरीर राजनीतिजस्ता लैङ्गिक समालोचनाका आधारभूत सिद्धान्तहरूको सामान्य चर्चा गर्दै तिनका आधारमा कथामा प्रयुक्त लैङ्गिकताको खोजी गरिएको छ । गुणात्मक पद्धति अँगालेर लेखिएको यस लेखमा पाठविश्लेषण पद्धतिद्वारा कथामा प्रयुक्त लैङ्गिकतासँग सम्बद्ध साक्ष्यहरू पहिल्याई तिनका आधारमा कथामा प्रयुक्त लैङ्गिकताको विश्लेषण गरिएको छ । रखेल कथामा नारी अस्मिता तथा तिनको हक र अधिकारको खोजी गरिएको छ । यस कथामा पतिपत्नीबिचको सम्बन्ध असमझदारीपूर्ण तथा पुरुष हैकमवादमा आधारित देखाइएको छ । त्यसै गरी प्रेमी–प्रेमिकाबिच अवैधानिक सम्बन्धहरू देखाउनाका साथै दाजुबहिनीबिच असमझदारीपूर्ण तथा पितृसत्तात्मक अहमले ग्रसित सम्बन्ध देखाइएको छ । विवेच्य कथामा पुरुषहरूले आफूलाई सर्वेसर्वा ठानी नारीमाथि शासन गर्ने संस्कृति प्रस्तुत गरिनुका साथै नारीशरीरको शोषण गर्ने, तिनलाई भोग्या ठानी वस्तुकरण गर्दै तिनका शरीरमाथि राजनीति गर्ने जस्ता घटनाहरू प्रस्तुत गरी कथागत साक्ष्यका आधारमा विवेच्य कथा लैङ्गिकताका दृष्टिले पठनयोग्य भएको निष्कर्ष निकालिएको छ ।

Abstract
198
PDF
24

Downloads

Published

2024-10-04

Issue

Section

Articles

How to Cite

Pokhrel, M. (2024). रखेल कथामा लैङ्गिकता. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 92-99. https://doi.org/10.3126/pb.v6i12.70498