वधशाला जाँदा आँउदा कथामा सारवस्तु

Authors

  • Ghan Bahadur Thapa

Keywords:

सारवस्तु, निरूपण, जीवनस्तर, दीनहिनता, जीवन दर्शन

Abstract

प्रस्तुत अध्ययन कार्य सारवस्तुसम्बन्धी अध्ययन भएको हुनाले यसमा सारवस्तुको अध्ययन गर्दा सारवस्तुको सैद्धान्तिक मान्यताको स्थापना गरी सोही सिद्धान्तका आधारमा पारिजातको बधशाला जादा आउदा कथामा अभिव्यक्त सारवस्तुको निरूपण गरिएको छ । बधशाला जाँदा आउँदा कथामा सारवस्तु यस अध्ययन गर्दा उनको कथामा काम पाएका र काम नपाएकाहरूको हविगत उस्तै छ । समस्या, अभाव र दीनहिनता उस्तै छ भन्दै कथाकारले निम्न तहका कर्मचारी र बेरोजगारको समस्यालाई यथार्थ रूपमा चित्रण गर्नु नै कथाको सारवस्तु हो भनेका छन् । निम्न तहका कर्मचारीले भोगेको र भोग्नु परेको निरस जीवनको ग्लानि भावलाई ब्यक्त गरी ऊ जस्तै समस्याग्रस्त नेपालीहरूको जीवनको चित्रण गर्नु कथाको सारवस्तु को भन्न सकिन्छ । बधशाला जाँदा आउँदा कथामा सारवस्तुको प्रस्तुति अभिधार्थको तहबाट प्रत्यक्ष रूपमा भएको छ । बालबालिकालाई मनोरञ्जन प्रदान गरी नैतिक शिक्षा दिनु कथाको उद्देश्य वा सारवस्तु रहेकाले यसलाई सरल शैलीमा प्रस्तुत गरी बालबालिकाको कोमल हृदयलाई स्पर्श गर्ने काम कथामा भएको छ । कथाहरूमा अभिव्यक्त सारवस्तु ज्यादै उपयोगी देखिन्छ ।

Abstract
160
PDF
18

Downloads

Published

2024-10-04

Issue

Section

Articles

How to Cite

Thapa, G. B. (2024). वधशाला जाँदा आँउदा कथामा सारवस्तु. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 36-43. https://doi.org/10.3126/pb.v6i12.70503