नासो कथासङ्ग्रहमा मनोविज्ञान

Authors

  • Madhab Lamsal

Keywords:

धर्म, संस्कार, प्रायश्चित, माधुर्य, आततायी, अनाथ

Abstract

नासो कथासङ्ग्रहमा मनोविज्ञान शीर्षकमा तयार परिएको प्रस्तुत लेखको प्रयोजन नेपाली साहित्यको खोज र अनुसन्धानमा टेवा पुर्याउनु रहेको छ । नासो कथासङ्ग्रहमा समाविष्ट विषयवस्तुको चिनारी दिने र विषयवस्तुको आधारमा नासो कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यका साथ यो लेख तयार पारिएको छ । प्राथमिक स्रोतका तथ्याङ्क तथा सामग्री सङ्कलनका लागि विषयवस्तु विश्लेषण अध्ययन शोधपद्धति र द्वितीयक स्रोतका सामग्री सङ्कलनका लागि विषयवस्तु विश्लेषण अध्ययन शोधपद्धति अँगालिएको यस लेखमा मनोविश्लेषणको परम्परागत सिद्धान्तलाई उपयोग गरिएको छ । यो विश्लेषणात्मक ढाँचाको अध्ययन भएको हुनाले यसमा वर्णनात्मक र विश्लेषणात्मक पद्धतिको उपयोग गरिएको छ । यस कथासङ्ग्रहमा सामाजिक चालचलन, रीतिनीति, विकृति, विसङ्गति विरह, व्यथा, प्रेम–प्रणय, शोषण–उत्पीडन, प्रवृत्ति, सामान्य मनोविज्ञान, यौनपरक मनोविज्ञान, बाल– मनोविज्ञान, सामाजिक यथार्थता विषयवस्तु प्रयोग गरिएकाले गुरूप्रसाद मैनाली सामाजिक आदर्शोन्मख यथार्थवादी कथाकार हुनाका साथै उनका कथाहरूमा यौनपरक मनोविज्ञान र यौनेतर मनोविज्ञान पनि पाइने वस्तु–तथ्यलाई यस प्रलेखमा पुष्टि गर्ने उद्देश्य राखिएको छ ।

Abstract
187
PDF
18

Downloads

Published

2024-10-04

Issue

Section

Articles

How to Cite

Lamsal, M. (2024). नासो कथासङ्ग्रहमा मनोविज्ञान. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 6(12), 100-105. https://doi.org/10.3126/pb.v6i12.70507