रातभरि हुरी चल्यो कथामा विश्वदृष्टि

Authors

  • YadavPrasad Sharma

Keywords:

विचार, अनुभूति, संरचना, सहधर्मिता, साझा–दृष्टिकोण

Abstract

‘रातभरि हुरी चल्यो कथामा विश्वदृष्टि’ शीर्षकको यो अनुसन्धानात्मक लेख इन्द्रबहादुर राईद्वारा लिखित ‘रातभरि हुरी चल्यो’ शीर्षकको कथामा प्रस्तुत विश्वदृष्टिको विश्लेषणमा केन्द्रित रहेको छ । लेखका निम्ति आवश्यक सामग्रीको सङ्कलन पुस्तकालयीय विधिका आधारमा गरिएको छ भने सामग्रीको विश्लेषण निमनात्मक पद्धतिका आधारमा गरिएको छ । विश्लेषणका निम्ति लुसिएँ गोल्डमानको उत्पत्तिमूलक संरचनावादी सिद्धान्त अन्तर्गतको विश्वदृष्टिसम्बन्धी सिद्धान्तलाई आधार बनाइएको छ । यसरी विश्लेषण गरी प्राचीनकालदेखि नै मानिस बाँच्नका निम्ति प्रकृतिसँग सङ्घर्ष गर्दै आएको, प्रकृतिले जतिसुकै भयानक विपत्ति एवं विनास निम्त्याए पनि अन्ततः मानिसले प्रकृतिले गरेको विध्वंश एवं क्षतिलाई पुननिर्माण गरेर सच्याउँदै प्रकृतिसँग जुध्दै, सङ्घर्ष गर्दै एवं सिँगौरी खेल्दै सभ्यतालाई यहाँसम्म ल्याइपुर्याएको कुरा व्यञ्जित गरिएको छ । सम्पूर्ण सृष्टि एवं जीवन–जगत् नै समस्याग्रस्त छ । अतः आपत्–विपत एवं समस्याबाट भागेर कहीँ जान सकिँदैन । संसारमा कहीँ पनि समस्यामुक्त स्थान छैन । तसर्थ समस्याबाट भागेर होइन सङ्घर्ष गरेर यथासम्भव जीवनलाई सुखी बनाउनुपर्छ भन्ने जीवनवादी दृष्टि नै कालेकी आमा र कालेको बाबुजस्ता दार्जिलिङको पहाडी ग्रामीण क्षेत्रमा थोरै जमीन लिई कृषि एवं पशुपालन गरेर बसेका निम्न तथा निम्न मध्यम वर्गीय प्रवासी नेपालीहरूको विश्वदृष्टिका रूपमा आएको छ भन्ने निष्कर्ष दिइएको छ।

Abstract
65
pdf
0

Downloads

Published

2023-10-10

How to Cite

Sharma, Y. (2023). रातभरि हुरी चल्यो कथामा विश्वदृष्टि. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(10), 89-98. https://doi.org/10.3126/pb.v5i10.71392

Issue

Section

Articles

How to Cite

Sharma, Y. (2023). रातभरि हुरी चल्यो कथामा विश्वदृष्टि. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(10), 89-98. https://doi.org/10.3126/pb.v5i10.71392