समावेशी लोकतन्त्रमा सूचनाको हक

Authors

  • Kanun Lal Chaudhary

Keywords:

लोकतन्त्र, राजनीतिक दर्शन, जीवन पद्दति, समावेशी, निरपेक्ष

Abstract

नेपाली बृहत् शब्दकोअनुसार ‘समावेश’ शब्दको अर्थ सामेल गर्ने वा गराउने काम, सम्यक, प्रवेश वा कुनै विषय वा वस्तुभित्र मिल्ने काम, अन्तर्भूत हुने क्रिया, अन्तर्भाव भनी उल्लेख भएबाट समावेशीको अर्थ सामेल वा संलग्न गराउनु, भन्ने हुन्छ । यसैगरी “लोकतन्त्र“ को अर्थ जनताको शासन हो जसको तात्पर्य निश्चित राजनीतिक समुदायभित्रका सार्वभौमसत्ता सम्पन्न जनताले खुला प्रतिस्पर्धाका माध्यमबाट आफ्नो शासक चुन्न पाउने र आफ्नो हकमा आफैँ निर्णय गर्ने व्यवस्था नै लोकतन्त्र हो ।
लोकतन्त्रलाई अङ्गेजीमा डेमोक्रेसी भनिन्छ । डेमोक्रेसी को नेपाली अर्थ प्रजातन्त्र वा लोकतन्त्र हुन्छ । नेपालमा यसको प्रयोग वि. सं. २००७ को राणाविरोधी आन्दोलनबाट शुरु भई वि.सं. २०४६ को राजाविरोधी जनआन्दोलन हुँदै वि.सं. २०६२।०६३ को जनआन्दोलनसम्म प्रजातन्त्र र तत्पश्चात् लोकतन्त्रको रूपमा हुँदै आएको छ ।
सरल अर्थमा लोकतन्त्रलाई एउटा प्रकृया, सिद्धान्त, संस्कार, मान्यता, राजनीतिक दर्शन, जीवन पद्दति र सरकारको एक स्वरूप मान्न सकिन्छ । लोकतन्त्र निरपेक्ष नभै सापेक्ष हुने हुनाले समाजको बनोटअनुसार यसलाई बुझ्नुपर्ने हुन्छ । विभिन्न विद्वानहरूले लोकतन्त्रको परिभाषा आ–आफ्नै किसिमले गर्ने गरेका छन् भन्ने निष्कर्ष रहेको छ ।

Abstract
74
pdf
0

Downloads

Published

2023-10-10

How to Cite

Chaudhary, K. L. (2023). समावेशी लोकतन्त्रमा सूचनाको हक. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(10), 108-115. https://doi.org/10.3126/pb.v5i10.71393

Issue

Section

Articles

How to Cite

Chaudhary, K. L. (2023). समावेशी लोकतन्त्रमा सूचनाको हक. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(10), 108-115. https://doi.org/10.3126/pb.v5i10.71393