वारि जमुना पारि जमुना लोकगीतको संरचनात्मक अध्ययन
DOI:
https://doi.org/10.3126/pb.v7i13.77740Keywords:
लोकगीत, संरचक–घटक, प्रगीतात्मक, लोकजीवन, चाडपर्वAbstract
वारि जमुना पारि जमुना लोकगीतको संरचनात्मक अध्ययन शीर्षकमा रहेको यस लेखमा अरूण उपत्यकामा प्रसिद्ध हाक्पारे लोकभाकामा गाइएको लोकगीतको भाव विश्लेषण गरिएको छ । लोकगीतका विभिन्न मूर्त–अमूर्त घटकद्वारा यसको संरचना निर्माण भएको हुन्छ । यसको निर्माण भाव, उद्धेश्य, भाषा आदि जस्ता घटकहरू र बिम्व, प्रतीक, लयजस्ता स–साना घटक समेतको संयोजनबाट बनेको हुन्छ । लोकगीतको संरचनात्मक निर्माण गर्ने यस्ता घटकलाई संरचनाका तत्त्व भनिन्छ । लोकगीतका यिनै संरचक तत्त्व मुख्यतः वस्तु, उद्धेश्य, भाषाशैली विन्यासलाई मानिएको छ । यिनै संरचनावादी अध्ययन पद्धतिद्वारा ‘वारि जमना पारि जमना लोकगीतको अध्ययन गरिएको छ । कुनै पनि साहित्यिक कृतिको भाव वा विचार भनेको त्यस कृतिको अन्तर्वस्तु वा त्यसको कथ्य हो । गीतको भाव वा विचारले यसमा रहेको विषयवस्तुको अनुभूतिजन्य वा वैचारिक तहको अवस्थालाई बुझाउँछ । लोकगीतमा विषयका फैलावट हेर्दा यस्तो फैलावट कि त कुनै व्यक्तिका भावनामा सीमित हुन्छ कि त सामाजिक विषयमा फैलिएको हुन्छ । त्यसैले अनुभूतिगत ढाँचाका आधारमा लोकगीत वैयक्तिक र सामाजिक गरी दुई प्रकारका हुन्छन् । वैयक्तिक अनुभूति भएका गीतमा आत्मकेन्द्रित अन्तर्म ुखी अनुभूतिको भावनात्मक अभिव्यक्ति हुन्छ भने सामाजिक अनुभूति भएका गीतमा बहिर्मुखी अनुभूति र मानवीय जीवन वा समाजका मार्मिक पक्षको प्रस्तुति हन्छ । ‘वारि जमना पारि जमना लोकगीतको संरचनाको विश्लेषण गर्न यस लेखको उद्देश्य रहेको छ ।