आधी घण्टा नियात्रा सङ्ग्रहमा यथार्थवाद

Authors

  • GhanBahadur Thapa

Keywords:

जीवनजगत्, अनुभूति, प्रकृतिप्रेम, साहित्यप्रेम, जीवनदृष्टि

Abstract

यो अध्ययन नियात्राको तथ्यपरक प्रस्तुति अर्थात यथार्थवादसँग सम्बन्धित छ । नियात्राकार गंगा कर्माचार्य पौडेलको
‘आधी घण्टा’ नियात्रा सङ्ग्रहमा सङ्ग्रहित नियात्राका वास्तविक तथ्य केलाएर गरिएको यस अध्ययनमा साहित्यिक एवं
धार्मिक कार्यक्रमको सन्दर्भमा गरिएका विभिन्न स्थानका छुट्टाछुट्टै भ्रमणका अवसरमा भएको यथार्थ गतिविधिको विश्लेषण
गरिएको छ । अधिकांश नियात्राकारहरूले सम्बन्धित ठाउँ, कार्यक्रम र गतिविधिलाई आफ्नो भौतिक उपस्थिति, प्रत्यक्ष
अवलोकन र स्थानीयको भनाइका आधारमा प्रस्तुत गर्दछन् । सबैका प्रस्तुतिकरणका भाषाशैली फरक तर विषयवस्तु जस्तो
छ त्यस्तै भन्दै आफ्नो नियात्रा लेखनस्तर निर्धारण गरेका छन् । नियात्रा वस्तुतथ्यमा उभिएर लेखिने अनुभूतिजन्य लेखन
भएकोले यसमा तथ्यपरक प्रस्तुति हुनु अत्यावश्यक छ । ‘आधी घण्टा’ नियात्रा सङ्ग्रहमा देशका विभिन्न स्थानको भौगोलिक
अवस्था, साहित्यिक कार्यक्रमहरूको चित्रण, साहित्यकारका गतिविधिको विश्लेषण एवं देशमा मौलाएको विकृतिबारे यथार्थ
चित्रण गरिएको छ । नियात्राले नियात्राकारको व्यक्तिगत जीवन, साहित्यिक जीवन, साहित्य क्षेत्रमा पु¥याएको योगदान र
राज्यको तर्फबाट प्राप्त उपलब्धीलाई समेत सूक्ष्म रूपमा केलाउँदै वास्तविकता पाठक सामु राख्ने प्रयास गरेको देखिन्छ । हाम्रा
ऐतिहासिक परम्परा, संस्कार, संस्कृति र आचरणलाई सम्झनयोग्य तरिकाले वर्णन गरिएबाट दीर्घकालसम्म चीरस्थायी स्मरणमा
रहने बनाउने प्रयास रहेको देखिन्छ । नियात्रामा साहित्यिक रस र अलङ्कारको साथसाथै तथ्यपरक प्रस्तुति ज्यादै महŒवपूर्ण हुन्छ
जसले साहित्यलाई थप शक्तिशाली बनाउँछ भन्ने कुरा प्रस्ट पारेको छ । यस्ता विषयवस्तुले परम्परा इतिहास र वर्तमान
परिवेशलाई कालान्तरसम्म बुझ्ने गरी सम्बोधन गर्न सक्तछ । यी सबै तथ्यलाई आधार मान्दै नियात्राका विविध पाटा र
प्रस्तुतिहरूमध्ये यथार्थवाद सबैभन्दा शक्तिशाली पाटो हो भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ ।

Abstract
23
pdf
0

Downloads

Published

2025-04-19

How to Cite

Thapa, G. (2025). आधी घण्टा नियात्रा सङ्ग्रहमा यथार्थवाद . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(9), 9-16. https://doi.org/10.3126/pb.v5i9.77752

Issue

Section

Articles

How to Cite

Thapa, G. (2025). आधी घण्टा नियात्रा सङ्ग्रहमा यथार्थवाद . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(9), 9-16. https://doi.org/10.3126/pb.v5i9.77752