‘अजम्मरी गाउँ’ कथामा वर्गीय प्रतिनिधित्व

Authors

  • Bijaya Basnet

Keywords:

वर्ग, वर्गीय प्रतिनिधित्व, वर्गचेतना, सामन्तवर्ग, किसानवर्ग

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेखमा हरिहर खनालद्वारा लिखित ‘अजम्मरी गाउँ’ कथामा निहित वर्गीय प्रतिनिधित्वको
अध्ययन गरिएको छ । यस अध्ययनमा माक्र्सवादका विभिन्न मान्यताहरूमध्ये मूलमान्यताका रूपमा रहेको वर्गीय
प्रतिनिधित्वको आधारमा कथाको विश्लेषण गरिएको छ । अध्ययनका क्रममा कथामा रहेका सामन्तवर्ग र
किसानवर्गकोे वर्गीय प्रतिनिधित्व केकस्तो अवस्था रहेको छ भन्ने कुरालाई मुख्य समस्याको रूपमा लिइएको छ ।
प्रस्तुत समस्याको प्राज्ञिक समाधानमा पुग्नको निम्ति विश्लेषणात्मक विधि तथा तर्कपद्धतिको उपयोग गरी वर्गीय
प्रतिनिधित्वको अवस्था निरूपण गरिएको छ । तत्कालीन पञ्चायती समयमा समाजका सामन्त मुखियाहरूले
किसानवर्गमाथि गरेको अन्याय, अत्याचार र श्रमशोषणलाई कथाको विषयवस्तु बनाई यस्ता शोषण, दमन र
अमानवीय सरकारबाट समाजलाई मुक्त बनाउने उद्देश्य कथामा राखिएको छ । उनका कथामा ज्यालामजदुरी गरेर
अर्काको निगाहामा बाँच्नुपर्ने गरिबहरूको शोषण गरी जीवन बिताउने सामन्तवर्ग, दुई गाँस खान र एकसरो लगाउन
पनि निकै सङ्घर्ष गर्नुपर्ने किसानवर्गको वास्तविक तस्बिर उभ्याउँदै त्यसभित्र रहेको कुरूपताको चिरफार गरिएको
छ । सामन्तवर्गले आफ्नो पहुँच कायम राख्नको लागि सदैव किसानवर्गमाथि शोषण र दमन गरेको कुरा उनका
कथामा व्यक्त गरिएको छ भने किसानहरूमा पनि वर्गीय चेतनाको जागरण भएपछि बिस्तारै एकजुट भएर सामन्ती
शोषणको अन्त्य गर्दै वर्गीय मुक्तिका लागि आफूमाथि कुटपिट गरी बाली लुटेर लैजाने सामन्तको अन्त्य गर्न सफल
भएको कुरा किसानवर्गको प्रतिनिधि पात्र काले कामीले खुकुरी प्रहार गरी रत्नसिंह मुखियाको अन्त्य गरेको घटनाले
पुष्टि गर्दछ । यसरी कथाको प्रारभ्भतिर सामन्तवर्गको केन्द्रीय प्रतिनिधित्व रहे तापनि कथाको अन्त्यतिर आइपुग्दा
किसानवर्गको केन्द्रीय प्रतिनिधित्व रहेकोे पाइन्छ । अतः ‘अजम्मरी गाउँ’ कथा वर्गीय प्रतिनिधित्वका दृष्टिले
किसानवर्गको केन्द्रीय प्रतिनिधित्व रहेको कथा हो ।

Abstract
23
pdf
0

Downloads

Published

2025-04-19

How to Cite

Basnet, B. (2025). ‘अजम्मरी गाउँ’ कथामा वर्गीय प्रतिनिधित्व. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(9), 33-43. https://doi.org/10.3126/pb.v5i9.77753

Issue

Section

Articles

How to Cite

Basnet, B. (2025). ‘अजम्मरी गाउँ’ कथामा वर्गीय प्रतिनिधित्व. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(9), 33-43. https://doi.org/10.3126/pb.v5i9.77753