विश्वेश्वरप्रसाद कोइरालाका यौनमनोवैज्ञानिक कथाका विषयस्रोत

Authors

  • Krishna Hari Aale Magar

DOI:

https://doi.org/10.3126/pb.v5i9.77754

Keywords:

यौनकुण्ठा, चेतन, अवचेतन, मानसिक द्वन्द्व, नियति

Abstract

यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूमा प्रयुक्त कथामा यौन मनोविज्ञानको प्रयोगको विषयस्रोतको खोजी गरिएको छ । उनका कथाको विषय वा स्रोत समाजमा रहेका विभिन्न पात्रका जीवन र त्यसका विभिन्न समस्यालाई प्रस्तुत गरिएका छन् । समाजभित्रका विभिन्न पात्रहरूका कुरालाई आफ्ना कथाहरूमा जीवनका साधारण कुरालाई टपक्क टिपेर साधारण प्रकारले व्याख्या गर्दै मानसिक विश्लेषण भएका छन् । कोइरालाले विभिन्न प्रकारका पात्रहरू संयोजन गरी उच्च वर्ग भनिएका ठुलाठालु वा सामन्त, मध्यम वर्गका मास्टर र सरकारी जागिरे तथा निम्नवर्गका सिपाही, रिक्सा चालक र नोकर नोकर्नीहरूका माध्यमबाट कथानक अगाडि बढाएका छन् । यसै गरी उनका कथाका पात्र कोही बालविवाह र अनमेल विवाहका सिकार बनेका छन् त कोही शारीरिक विकृतिमा रुमल्लिएका पाइनुका साथै कोही प्रेमको असफलताबाट उत्पन्न यौन कुण्ठाले पीडित बन्दै चेतन, अवचेत र अचेतनको द्वन्द्वका हाँडीमा भुटिएका छन् । यसरी कथाकार कोइरालाले उल्लिखित विविध वर्गीय र
आफ्नै वैयक्तिक, आर्थिक, सामाजिक एवम् यौनसमस्या र तिनबाट उत्पन्न कुण्ठा र पीडाको चित्रण गरेको पाइन्छ । यिनै सामाजिक घटना र विषयलाई कोइरालाले कथाको विषयस्रोत बनाएका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
6
pdf
3

Downloads

Published

2025-04-19

How to Cite

Aale Magar, K. H. (2025). विश्वेश्वरप्रसाद कोइरालाका यौनमनोवैज्ञानिक कथाका विषयस्रोत . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(9), 1–8. https://doi.org/10.3126/pb.v5i9.77754

Issue

Section

Articles