गोविन्दबहादुर मल्ल ‘गोठाले’का “मालिकको कुकुर” कथामा सबाल्टर्न (अवरजन)

Authors

  • Sarmila Budhathoki

DOI:

https://doi.org/10.3126/pb.v5i9.77755

Keywords:

अवरजन, प्रभुत्वशाली, उत्पीडन, सीमान्तकृत, विद्रोह

Abstract

प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’का “कथैकथा” कथासङ्ग्रहमा समाविष्ट “मालिकको कुकुर” कथाको सबाल्टर्न
अध्ययनमा केन्द्रित छ । “मालिकको कुकुर” ‘गोठाले’द्वारा सामाजिक यथार्थवादी चिन्तनमा आधारित रहेर लेखिएको कथा
हो । यस कथामा मूलतः प्रभुत्वशाली संस्कृतिले अवरजन भनी किनारीकृत बनाइएको सानु (नोकर) को अवस्थालाई कारुणिक
रूपमा प्रस्तुत गरिएको छ । ‘सबाल्टर्न’ शब्द सर्वप्रथम माक्र्सवादी लेखक अर्थात् सांस्कृतिक विश्लेषक ग्राम्सीको विचारबाट
लिइएको हो । दबिएका र दबाइएका आवाजलाई केन्द्रमा ल्याउनु नै मुख्य उद्देश्य रहेको सबाल्टर्न अध्ययन कुनै पनि कृति
विश्लेषणका लागि आज एक महŒवपूर्ण सिद्धान्त बनेको छ । रञ्जित गुहाको नेतृत्वमा दक्षिण भारतबाट उदाएको सबाल्टर्न
अध्ययनले पेसा, क्षेत्र, धर्म, हैसियत, शारीरिक अवस्था, वर्ग, उमेर, लिङ्ग आदिका आधारमा उपेक्षित व्यक्तिहरूको समूहलाई
जनाउँछ । समाजमा शक्तिकेन्द्रमा रहेकाबाट श्रमजीवि वर्गलाई सधैँ किनाराकृत पारिएको छ । परिणामस्वरूप जुन वर्ग
सदियौँदेखि अत्यन्त पछौटे जीवन व्यथित गर्न विवश छन् । उनीहरूको आवाज सधैँ दमित गरिनुका साथै समाजमा इतिहास
विहिन, शक्तिहीन भएका हुन्छन् । यी र यस्तै विषयवस्तुलाई केन्द्रमा राखेर गरिने रचनाहरू नै सबाल्टर्नपरक रचना हुन् । प्रस्तुत
अध्ययनमा सबाल्टर्नसम्बन्धी यिनै आधारभूत मान्यता र सिद्धान्तका आधारमा उक्त कथामा वर्गीय अवस्था, वर्ग संस्कृति र
प्रतिरोधको चेतनालाई हेरिएको छ । यहाँ सबाल्टर्न अध्ययनको खोजी गर्ने क्रममा समाजमा अवरजन कसरी शोषित, पीडित
हुँदै आइरहेका छन् र त्यसलाई उनीहरू किन चुपचाप सहन्छन् भन्ने यावत् कुराहरूको अध्ययन गरिएको छ । यसका साथै
कथाको अन्त्यमा श्रमजीवी वर्गमा उदाउँदै गरेको प्रतिरोधी चेतना र अवरजनप्रति कृतिकारको दृष्टिकोण पनि केलाएको छ ।
यिनै विषयमा केन्द्रित भएर निर्धारित कथालाई विश्लेषण गरेर हेर्दा सबाल्टर्न अध्ययनका दृष्टिले उत्कृष्ट रहेको निष्कर्ष
निकालिएको छ । प्रभुत्वशाली वर्ग संस्कृति र सबाल्टर्नका प्रतिरोधी चेतनालाई उजागर गरिएको प्रस्तुत लेखमा निम्न वर्गीय
चरित्रका परिचित सानुको दमित, सुषुप्त र छरिएका विचारलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
7
pdf
1

Downloads

Published

2025-04-19

How to Cite

Budhathoki, S. (2025). गोविन्दबहादुर मल्ल ‘गोठाले’का “मालिकको कुकुर” कथामा सबाल्टर्न (अवरजन). Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(9), 79–93. https://doi.org/10.3126/pb.v5i9.77755

Issue

Section

Articles