‘काकालाई चिठी’ कविता सङ्ग्रहमा प्रयुक्त वैचारिकता
DOI:
https://doi.org/10.3126/pb.v5i9.77756Keywords:
सर्वहारा, वर्गीय मुक्ति, वर्ग विश्लेषण, दायित्वबोध, सामाजिक न्यायAbstract
‘काकालाई चिठी’ (२०७८) कविता सङ्ग्रहभित्रका कविताहरूमा वैचारिकता खोज्नु यस लेखको मुख्य अभिप्रायः रहेको छ ।
कविता सङ्ग्रहभित्र नेपाली समाजमा देखिएका अनेकौँ समस्याको विषयमा प्रश्नको उठान र त्यहाँ अभिव्यक्त विचारको
विश्लेषण गरिएको छ । विचारका माध्यमबाट निरन्तर–निरन्तर समाजका सबै तह र तप्काका मानिसहरूलाई जगाइ हिँड्ने
कविका कविताले समस्याको समाधानार्थ विचार प्रक्षेपण गरेको छ । हाम्रो समाजमा देखिएका समस्याको समाधान हामी
जनता स्वयम् जागे मात्र सम्भव हुन्छ । नेपाली समाजको समस्या मूलतः वर्गीय समस्या हो । यस कविता सङ्ग्रहमा वर्गीय
असमानताका विरुद्धको आवाज बुलन्द बनाइएको छ । कविताहरूका प्रगतिवादी कोणबाट व्याख्या–विश्लेषण गर्दै
निगमनात्मक विधिबाट विषयको विवेचना प्रस्तुत गरिएको छ । प्रस्तुत लेखमा समाजको समस्यामाथि उठाइएको प्रश्नको
सवालमा राज्यलाई जिम्मेवार बनाउनु पर्ने तर्फ उल्लेख छ ।
मुख्य शब्दावलीः सर्वहारा, वर्ग विश्लेषण, वर्गीय मुक्ति, सामाजिक न्याय र दायित्वबोध ।