संघीय शासन प्रणाली: अवधारणा र नेपालको अभ्यास

Authors

  • Nar Rawat

DOI:

https://doi.org/10.3126/pb.v5i9.77757

Keywords:

संघीयता, स्वशासन, साझा अधिकार, शासन प्रणाली, समन्वय र सहकार्य

Abstract

फेड्रालिज्म शब्द फेडसबाट लिइएको हो, जसको अर्थ सन्धि अथवा सम्झौता हुन्छ । जसको उद्देश्य सम्झौताका पक्षको खास
र साझा इच्छाहरू प्रवद्र्धन गराउनु हो । संघात्मक सरकारमा संविधान प्रदत्त राजकीय शक्ति तल्ला तहका सरकारसँग विभाजित
गरिन्छ । संघीयता सरकारको मिश्रित र संयोजित मोडल हो, जसले केन्द्रीय तथा एकीकृत सरकारलाई प्रान्तीय, राज्य, प्रादेशिक
तथा अन्य एकाइमा विभाजन गर्छ । भौगोलिक सामीप्यता, राजनैतिक सिद्धान्त र वैचारिक एकता भएका राज्यमा समान शासन
प्रणाली अभ्यास गर्न तथा विकेन्द्रीकृत सरकारको अभ्यास गर्न संघीय शासन प्रणालीको अवधारणा विकास भएको पाइन्छ ।
सरुमा साना–साना राज्य मिलेर एकल शासन पण् ाली अभ्यास गर्ने सन्दर्भमा संघीयताको अवधारण् ा आएको पाइन्छ । संयक्त
राज्य अमेरिका यसको उदाहरण हो । हाल एउटै तथा केन्द्रीकृत राज्यलाई पुनर्संरचनाको माध्यमबाट बहुतहगत शासन
प्रणालीको अभ्यास गर्ने पद्धतिको विकास भएको छ । भारत, नेपालमा राज्यको पुनर्संरचनाबाट संघीयताको अभ्यास गरिएको
छ ।
राज्यको शासकीय शक्ति दुई वा सोभन्दा बढी तहको सरकारबाट अभ्यास गरिने शासकीय पद्धति नै संघीय शासन प्रणाली
हो । संघीय शासन प्रणालीमा राज्यको सार्वभौम शक्ति संविधानबाट नै सरकारका तहहरूबीच बाँडफाँड गरिएको हुन्छ ।
संघीयताको मोडेलअनुसार एकल रूपमा प्रयोग गर्ने र साझा रूपमा प्रयोग गर्ने अधिकारलाई संविधानद्वारा नै स्पष्ट परिभाषित
गरिएको हुन्छ । यसरी एकल रूपमा प्रयोग गर्ने गरी प्रदान गरिएको अधिकारमा सम्बन्धित तहका सरकार स्वायत्त हुन्छन् भने
साझा अधिकारका विषयमा समन्वय र सहकार्य गरेर शासन सञ्चालन गर्ने व्यवस्था गरिएको हुन्छ, त्यसैले संघीय शासन
प्रणाली स्वशासन र साझा शासनको संयोजित रूप हो । ठुला र साना दुवैखाले भौगोलिक स्थिति भएका मुलुकमा संघीयताको
सफल अभ्यास भएको छ । नेपालमा संघीय शासन प्रणालीको अभ्यास भर्खरै सुरु भएकोले यसको सफलता असफलताको
समीक्षा गर्न भने बाँकी नै छ । हाल विश्वका २८ देशहरूमा संघीय शासन प्रणाली अवलम्बन गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
18
pdf
4

Downloads

Published

2025-04-19

How to Cite

Rawat, N. (2025). संघीय शासन प्रणाली: अवधारणा र नेपालको अभ्यास . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(9), 63–70. https://doi.org/10.3126/pb.v5i9.77757

Issue

Section

Articles