‘थैले खत्रीको इतिहास’ कथामा उपस्थिति र सीमान्तीयता

Authors

  • Prava Baral

DOI:

https://doi.org/10.3126/pb.v5i9.77758

Keywords:

सीमान्तीयता, प्रभुत्वशाली समाज, प्रतिरोध चेतना, सीमान्तीय वर्ग, सीमान्तीकृत समुदाय

Abstract

प्रस्तुत अध्ययन प्रदीप नेपालद्वारा लिखित थैले खत्रीको इतिहास कथाको सीमान्तीयता र प्रतिशोधको लडाइँसँग सम्बन्धित
रहेको छ । सांस्कृतिक अध्ययनभित्रको सीमान्तीयता एउटा मान्यता हो । सीमान्तीयता सिद्धान्तका प्रतिपादक कम्युनिष्ट पार्टीका
संस्थापक सदस्य एन्टोनियो ग्राम्सी हुन् । सीमान्तीयता शब्दले सदियौँदेखि शासित आवाजविहीन तथा इतिहासविहीन वर्गलाई
समाजको शासक तथा शक्ति केन्द्रहरूबाट कसरी शोषण र दमन गरिएको छ भन्ने बुझाउँछ । सांस्कृतिक अध्ययनले शोषित र
दलित निमुखा बोलीविहीन आवाजहरूको आवाज सुन्ने र यस वर्गलाई केन्द्रमा राखेर साहित्यको विश्लेषण गर्दछ ।
सीमान्तीयताका सन्दर्भमा ग्राम्सीलगायत विभिन्न विद्वान्हरूले राखेका धारणासँगै यसको सैद्धान्तिक स्वरूपसँग यस लेखलाई
गतिशील बनाइएको छ । यो देशको नागरिक भइकन पनि राज्यको मूलधारबाट पछाडि परेको विपन्न वर्गको थैले खत्री कसरी
समाजमा दबिनु परेको छ भन्ने विषयलाई यस लेखले अध्ययनको विषय बनाएको छ । प्रस्तुत लेखमा सीमान्तीयताको सिद्धान्त
अनुरूप कथाको प्रमुख पात्र थैले खत्री प्रभुत्वशाली वर्गबाट थिचोमिचोमा परी सीमान्तीकृत वर्गमा पर्न विवश रहेको देखिन्छ ।
सीमान्तीय दृष्टिकोणबाट अध्ययन गरिएको यस लेखका माध्यमबाट नेपाली साहित्यका विविध विधाका रचनाहरूको पनि
सीमान्तीय दृष्टिकोणबाट समालोचना गर्न सघाउ पुग्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
8
pdf
1

Downloads

Published

2025-04-19

How to Cite

Baral, P. (2025). ‘थैले खत्रीको इतिहास’ कथामा उपस्थिति र सीमान्तीयता . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 5(9), 17–24. https://doi.org/10.3126/pb.v5i9.77758

Issue

Section

Articles