उत्तरवर्ती कवितामा प्रगतिवाद
DOI:
https://doi.org/10.3126/pb.v5i9.77759Keywords:
समग्रता, चिन्तन, पूर्वाग्रहविहिन, सामन्ति संस्कृति, वर्गभेदमूलकAbstract
‘पण्डितो पण्डितं दृष्ट्वा स्वानवत् ...’ पनि सायद ऐतिहासिक द्वन्द्वकै शृङ्खला हो । नेपाली साहित्य र अझै कविता विधाको
इतिहास बारेका मतमतान्तरहरूको अझै समाधान हुन सकेको छैन । यसको मूल कारण कुनै कालको समग्रतालाई एउटै
कुलेसोमा डोर्याउने धृष्टता गर्दा हुन गएको अन्योल नै हो । यसका निमित्त इतिहास भनेको त्यसकालमा चलेका सबै धारा,
उपधारा तथा प्रमुख, गौण सम्पूर्णको समग्रता हो र निरन्तरता हो भन्ने भन्ने भन्ने टी.एस. इलियटको ‘परम्परा र व्यक्ति प्रतिभा’
सिद्धान्त अथवा भनौं द्वन्द्वात्मक भौतिकवादको कुनै पनि कुरालाई समग्रतामा हेर्ने दृष्टिका आधारमा हेर्नु आवश्यक छ ।
आजसम्म नेपाली साहित्य र यसका विधा उपविधाहरूको इतिहासलाई प्राथमिक, माध्यमिक र आधुनिक कालमा विभाजन
गर्नै गरिएको छ । यो चिन्तन वर्गभेदमूलक सामन्ति संस्कृति र परम्पराद्वारा अनुप्राणित भएर बसालिएको देखिन्छ । अतः
आजको साहित्य, संस्कृति र समग्र समाजकै इतिहास नयाँ ढङ्गले लेख्नुपर्ने आवश्यकता छ, जसले गर्दा इतिहास लेख आग्रह,
पूर्वाग्रहविहिन, भेदभावविहिन वस्तुगत, वैज्ञानिक भई विवाद समाप्त हुने देखिन्छ । यसरी हेर्दा नेपाली कविताको इतिहासलाई
निम्नलिखित किसिमले विभाजन गर्नु उपयुक्त हुन्छ ।