‘आमा जानुहोस्’ कथामा वृद्ध मनोविज्ञान
DOI:
https://doi.org/10.3126/pb.v5i9.77763Keywords:
स्वत्व, वृद्धमनोविज्ञान, परत्व, सक्रिय, मृत्युऐषणाAbstract
यस लेख वृद्धवृद्धाका मनोविश्लेषणलाई आधार बनाएर लेखिएको छ । बुढ्यौली अवस्थामा वृद्धवृद्धामा देखिने बानी व्यवहार
तथा उनीहरूको परिवर्तित जीवनशैलीका विविध आयाममा प्रभाव पार्ने तŒव र तिनले पार्ने प्रभाव नै वृद्ध मनोविज्ञानको विषय
क्षेत्र हो । वृद्धवृद्धाका जीवनको अध्ययन र विश्लेषण चाहिँ वृद्ध मनोविश्लेषण हो । समयको परिवर्तनसँगै मानव जीवनमा
विभिन्न उतारचढाव, आरोह–अवरोह देखिन्छ । वृद्धको अवस्थालाई हेरेर समाजले उनीहरूप्रति गर्ने व्यवहार र वृद्धवृद्धाले
समाजमा देखाउने चालचलनको चित्रण सामाजिक मनोविज्ञान भित्र पर्दछ । वृद्धावस्थाका समयमा समाजका सक्रिय भूमिका
निर्वाह गर्न नसके पनि उनीहरूले आफूले भोगेका अनुभव र अनुभूतिलाई प्रस्तुत गर्न चाहन्छन् । ठिक समय र उचित परिस्थिति
नहुँदा उपयोगी कुराको पनि सकारात्मक कुराको पनि कुनै प्रभाव हुँदैन र वृद्धवृद्धाको मनोविज्ञानमा असर पर्दछ । वृद्धवृद्धालाई
सामाजिक सद्भाव र सम्मान चाहिन्छ । आमा जानुहोस् कथा वृद्ध अवस्थाकी आमाको दैनिक घटना र परिवारको अवस्थाका
केन्द्रित विषयवस्तु भएको कथा हो । आमाको अवस्था चाहना र तत्कालीन परिवेशको उठान गर्दै कथामा वृद्ध मनोविज्ञानको
चित्रण गरिएको छ । कथामा आमाको माध्यमबाट वृद्ध पारिवारिक, सामाजिक, आर्थिक मनोविज्ञान प्रस्तुत गरिएको छ भने
आफूले चाहेर पनि विभिन्न समस्याका कारणले आमासँगको निकटता, सामिप्यता नभएको र शरीरको जीर्णताका कारण
दुर्गन्धित भएर गन्हाएकाले एक्लै बस्न परेको अवस्थालाई वृद्ध मनोविश्लेषणको चित्रण गरिएको छ ।