सकस उपन्यासमा पहिचान
DOI:
https://doi.org/10.3126/pb.v5i9.77772Keywords:
पहिचान, सांस्कृतिक अध्ययन, किनारीकृत, बहुसांस्कृतिक अस्तित्व, मूलसंस्कृतिAbstract
जगदीश घिमिरेका उपन्यासको सांस्कृतिक अध्ययन सन्दर्भमा प्रभुत्व चिन्तनअन्तर्गत पहिचान पनि एक आधार हो । पहिचान
विभिन्न सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, लैङ्गिक, जातीय जनजातीय एवम् वर्गीय विचारधाराको
अन्तक्रियाबाट निर्मित हुन्छ । समुदायसँगको समानता र भिन्नताकै कारण पहिचानहरू निर्धारित हुँदै जान्छन् । यही पृष्ठभूमिमा
घिमिरेका उपन्यासमा पहिचान अध्ययन गरिएको छ । सकस उपन्यासमा जीबाले आत्मावृतान्त सुनाउँदै जान्छन् र शरदले
त्यसलाई टेपरेकर्डर गर्दछ । उपन्यासमा रामेछापको आञ्चलिकताभित्र वर्गीय, जातीय, धार्मिक सांस्कृतिक एवम् राजनीतिक
घटनाक्रमको संयोजन गरिएको छ । उपन्यासमा पहिचानको ऐतिहासिक सन्दर्भ मात्र नभई स्थापित÷विस्थापित विचारधारात्मक
सामाजिक राजनैतिक सन्दर्भको पहिचान रहेको छ । त्यसैगरी इतिहास, राजनीति, समाज, संस्कृति आदि पक्ष समेटिएको
आख्यान सन्दर्भका आधारमा बहुआयामिक पहिचान रहेको छ । ऐतिहासिक समय सन्दर्भदेखि वर्तमानसम्मको समयसान्दर्भिक
विषयवस्तु समेटिएको छ । जसमा सत्ता वा शक्तिको केन्द्र मानिने सामन्त वर्ग र शक्तिकेन्द्रबाट किनारीकृत भएका वर्गको
पहिचान रहेको छ । पहिचानका दृष्टिले सकस बहुसांस्कृतिक अस्तित्व भएको, बहुशक्तिकेन्द्रको उपस्थिति र उत्पीडनका
बहुआयाम भएको उपन्यास हो । यसर्थ मूलसंस्कृति र सीमान्तकृत सांस्कृतिको पहिचान छ ।