म पनि द्यौता मान्छु कविताको संरचनावादी मिथकीय विश्लेषण

Authors

  • Abhishek Koirala

DOI:

https://doi.org/10.3126/pb.v7i14.84943

Keywords:

देवत्व, मानवता, माइथीम, मिथक, संरचना

Abstract

म पनि द्यौता मान्छु बालकृष्ण समद्वारा लिखित गद्य कविता हो। यस कविताको केन्द्रीय विषयवस्तु देवताको मिथकीय अवधारणा रहेको छ । प्रस्तुत अवधारणा आकाश वा स्वर्गमा बस्ने ईश्वर अथवा देवता हुन्छन् भन्ने पौराणिक मिथकीय धारणामा आधारित रहेको छ । यही देव–मिथकको परिप्रेक्ष्यमा समले उक्त कविताको रचना गरेका हुन् । यस कविताको मूल संरचनालाई पुष्ट गर्न संरचनात्मक घटक वा एकाइका रूपमा विभिन्न आधारबाट माइथीमहरू आएका छन् । ती माइथीमहरूलाई दैवी–धार्मिक, दर्शनशास्त्रीय, साहित्यिक–सांस्कृतिक, प्राकृतिक एवम् सामाजिक मानवीय रूपमा वर्गीकरण गर्न सकिन्छ । यिनै वर्गीकरणका आधारमा समले यस कवितामा मिथकलाई के कसरी प्रयोग गरेका छन् भन्ने प्राज्ञिक जिज्ञासाबाट प्रस्तुत अध्ययनको आरम्भ गरिएको छ । अध्ययनका क्रममा उक्त कवितामा मिथक–प्रयोगको चिनारी गरेपश्चात् संरचनावादी मानवशास्त्री क्लड लेभी स्ट्रसद्वारा प्रतिपादित मिथकसम्बन्धी धारणाअनुसार विश्लेषण गरी प्राज्ञिक समाधान गरिएको छ । यस अध्ययनका लागि पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरी म पनि द्यौता मान्छु कवितालाई प्राथमिक स्रोतका रूपमा तथा कविताको संरचनावादी मिथकीय विश्लेषणसम्बन्धी सिद्धान्तलाई द्वितीयक स्रोतका रूपमा राखिएको छ । यस लेखमा म पनि देवता मान्छु कवितामा प्रयुक्त मिथकीय अभिव्यक्तिलाई माइथीम, द्वन्द्वात्मक विरोध एवम् मध्यस्थताअनुरूप व्याख्या–विश्लेषण गरिएको छ । व्याख्या–विश्लेषणबाट देवतासम्बन्धी मिथकीय काल्पनिक, अमूर्त वा स्वर्गीय अर्थलाई मानवीय आधारमा पुनर्परिभाषित गरी बालकृष्ण समले यो कविता लेखेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
22
pdf (नेपाली)
8

Published

2025-09-29

How to Cite

Koirala, A. (2025). म पनि द्यौता मान्छु कविताको संरचनावादी मिथकीय विश्लेषण. Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 1–8. https://doi.org/10.3126/pb.v7i14.84943

Issue

Section

Articles