जनयुद्धकालीन प्रगतिवादी नेपाली कवितामा बलिदानको प्रतिबिम्बन
DOI:
https://doi.org/10.3126/pb.v7i14.84945Keywords:
वर्गसङ्घर्ष, समाजवादी यथार्थवाद, नयाँ यथार्थ, त्याग, शौर्य र बलिदानAbstract
जनयुद्धकालीन प्रगतिवादी नेपाली कविता नेपालको कविता परम्परा र विशेषतः प्रगतिवादी कविता परम्पराकै एक विशिष्ट चरण हो । प्रगतिवादलाई माक्र्सवादको साहित्यिक प्रतिबिम्बन वा स्वरूप मानिन्छ । कम्युनिस्ट पार्टी माक्र्सवादलाई जीवन व्यवहारमा लागू गर्ने राजनीतिक साधन हुन् । नेपालमा कम्युनिस्ट पार्टी स्थापना (२००६ साल) कै आसपासमा २००७ सालबाट आरम्भ भएको साहित्यको प्रगतिवादी धारा कम्युनिस्ट आन्दोलनझैँ विभिन्न आरोह–अवरोह पार गर्दै अघि बढेको पाइन्छ । यसक्रममा माक्र्सवादको व्यावहारिक प्रयोग वर्गसङ्घर्ष र वर्गसङ््घर्षको उत्कर्ष स्वरूप जनयुद्ध आरम्भ भएपछि जनयुद्धले अभिव्यक्त गरेका अर्धसामन्ती अर्धऔपनिवेशिक राज्यसत्ताबाट उत्पीडित नेपाली श्रमिक जनमुदायका दुःख, पीडा, अभाव, उल्झन र त्यसबाट उन्मुक्ति पाउन जनताले वर्गसङ्घर्षको बाटो रोज्ने क्रममा प्राप्त गरेको अनुभव, जनयुद्धमा एकाकार हुँदा भएका युद्ध, त्यसबाट भएका क्षति, उपलब्धि र युद्धका क्रममा राज्य पक्षबाट भएको दमनको प्रतिरोध गर्ने क्रममा प्रदर्शित त्याग, शौर्य, बलिदान वा सहादतका विषय जनयुद्धकालीन प्रगतिवादी नेपाली कवितामा प्रतिबिम्बन भएको पाइन्छ । यस अध्ययनमा जनयुद्ध (२०५२–२०६२) को दश वर्षको अवधिमा एक सयभन्दा बढी जनयुद्ध पक्षधर प्रगतिवादी कविले कविताका माध्यमबाट जनयुद्धको
त्याग, शौर्य र बलिदान गरेको पाइन्छ । त्यसमध्ये प्रतिनिधि केही कविका केही प्रतिनिधि कविका जनयुद्धकालमै फुटकर वा सङ्ग्रहका रूपमा प्रकाशित जनयुद्धमा जनता वा युद्धरत पक्षबाट भएका त्याग, शौर्य र बलिदानको प्रतिबिम्बन गर्ने कवितालाई चर्चा गरिएको छ ।