माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना

Authors

  • Kalawati Rupakheti

DOI:

https://doi.org/10.3126/pb.v7i14.84947

Keywords:

खरीता, गल्जयौटो, घटैया, पुण्य, विघटैया

Abstract

‘माटोको माया’ राष्ट्रप्रेमका भावना उत्प्रेरक तŒव अभिमुख भएको नाटक हो । यस प्रलेखमा राष्ट्रवादी भावनाको निरूपण गर्ने सिलसिलामा नाटककार भीमनिधि तिवारीको सामान्य परिचय दिएको छ । अलग–अलग शीर्षक, उपशीर्षक राखी विषयपरिचयमा विषयवस्तु खुलाउन ‘माटोको माया’ नाटकको कथावस्तु, वस्तुलाई सामान्य चिनारीका रूपमा प्रस्तुत गरिएको छ । ऐतिहासिक नाटकको सामान्य परिचय दिई त्यसका उपकरणको सामान्य चर्चा गर्दै यस नाटकमा राष्ट्रभक्तिको महिमा तथा देशप्रेमको लागि उत्सर्ग गर्ने पात्रको सटीक चर्चा गरिएको छ । प्राज्ञिक समस्याका रूपमा ‘माटोको माया’ नाटकमा कस्तो प्रकारको ऐतिहासिकताको प्रयोग गरिएको छ भन्ने समस्या राखी ‘माटोको माया’ नाटकमा प्रयुक्त ऐतिहासिकता र देशप्रेमको जल्दाबल्दा समस्याका विशिष्ट पक्षको निरूपण गर्ने उद्देश्य किटान गरी विश्लेषण गरिएको छ । यस आलेखमा सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय,पाश्चात्य साहित्यका ऐतिहासिक पद्धतिको प्रयोग गरिएको छ । यसअघि भए गरिएको पूर्वकार्यको सामान्य चर्चा गरी विश्लेषणीय पक्षलाई अँगाल्दै उक्त नाटकमा प्रयुक्त नाटकीय प्रयोग गरी ऐतिहासिक वियोगान्त नाटक हो भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
16
pdf (नेपाली)
3

Published

2025-09-29

How to Cite

Rupakheti, K. (2025). माटोको माया नाटकमा राष्ट्रवादी भाव सञ्चेतना . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 30–38. https://doi.org/10.3126/pb.v7i14.84947

Issue

Section

Articles