नेपालका विद्यालयहरूमा पाठ्यक्रम विभेदिकरणका समस्या र समाधानका उपाय

Authors

  • Keshab Singh, Krishna Bahadur Dhami, G.C.

DOI:

https://doi.org/10.3126/pb.v7i14.84948

Keywords:

पाठ्यक्रम विभेदिकरण, शिक्षक तालिम, शैक्षिक समानता, स्रोत साधन, समय व्यवस्थापन

Abstract

यस अध्ययनले नेपालका विद्यालयहरूमा पाठ्यक्रम विभेदिकरणको वर्तमान अवस्था, त्यसका समस्या र चुनौतीहरू तथा सम्भावित समाधानहरूको खोजी गरेको छ । गुणात्मक अनुसन्धान विधि अपनाई शिक्षक र विद्यालय प्रशासनसँग अन्तर्वार्तामार्फत तथ्याङ्क सङ्कलन गरिएको यस अध्ययनका मुख्य उद्देश्यहरू पाठ्यक्रम विभेदिकरणको कार्यान्वयनको अवस्थाको विश्लेषण, विभेदिकरणमा देखिएका समस्या र चुनौतीहरूको पहिचान र समाधानका उपायहरूको अन्वेषण रहेका छन् । गार्डनरको बहु–बुद्धिमत्ता सिद्धान्त र त्यmष्लिकयल को विद्यार्थी केन्द्रित विभेदिकरण अवधारणाले बहुविधागत सिकाइ आवश्यकतालाई सम्बोधन गर्न पाठ्यक्रम विभेदिकरणको महत्त्वलाई जोड दिन्छ । प्राप्त तथ्याङ्कको विश्लेषणबाट स्रोत र साधनको अभाव, शिक्षक तालिमको कमी, समय र शिक्षकको बढी कक्षा भार तथा मूल्याङ्कन प्रणालीका जटिलताहरू प्रमुख समस्याहरू रहेको पाइन्छ । शिक्षकहरूले व्यावहारिक तालिम, साधन र स्रोतको उपलब्धता, समय व्यवस्थापन र लचकतायुक्त मूल्याङ्कन प्रणालीको आवश्यकतालाई जोड दिएका छन् । यस अध्ययनले नेपालका विद्यालयहरूमा पाठ्यक्रम विभेदिकरणलाई प्रभावकारी बनाउन शिक्षकको क्षमता विकास, स्रोत तथा प्रविधिको अभिवृद्धि र नीतिगत सुधार अनिवार्य रहेको निष्कर्ष निकालेको छ । यसबाट शैक्षिक समानता र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान पुर्याउने अपेक्षा लिन सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
17
pdf (नेपाली)
8

Published

2025-09-29

How to Cite

Dhami, G.C., K. S. K. B. (2025). नेपालका विद्यालयहरूमा पाठ्यक्रम विभेदिकरणका समस्या र समाधानका उपाय . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 39–47. https://doi.org/10.3126/pb.v7i14.84948

Issue

Section

Articles