आमाको चन्द्रमा उपन्यासमा लोकविश्वास

Authors

  • GangaPrasad Bhetwal

DOI:

https://doi.org/10.3126/pb.v7i14.84949

Keywords:

लोकविश्वास, गतिशील, मनोविज्ञान, परम्परागत चलन, लोकव्यवहार

Abstract

यस अध्ययनअन्तर्गत शान्ति सापकोटाको आमाको चन्द्रमा उपन्यास मुख्य विश्लेष्य सामग्री रहेको छ । विश्लेषणका लागि निर्धारित शीर्षक आमाको चन्द्रमा उपन्यास मा प्रयुक्त लोकविश्वासको खोजी हो । आमाको चन्द्रमा उपन्यासमाथि लोकविश्वासको प्रयोगका सन्दर्भबाट अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्दा यस उपन्यासमा लोकविश्वासको प्रयोग सशक्त रूपमा प्रमाणित भएको कुरा पात्रगत, घटनागत र परिवेशगत अध्ययनबाट देखिएको छ । पात्रमा लोकविश्वासको प्रयोग भएको छ भन्ने कुरालाई उपन्यासको सन्दर्भबाट प्रस्तुत गरिएको छ । त्यो प्रयोगले पात्रलाई गतिशील बन्न मलजल प्रदान गर्दछ । समयअनुसार लोकविश्वासहरू परिवर्तन हुँदै जान्छन् । पुरानो पुस्ता एउटा आधारबाट बाँचिरहेको अवस्थामा नयाँ पुस्ताले ती आधारहरूमा सुधारको खोजी गर्दै जान्छन् । सुधार सहितको लोकविश्वासको निरन्तरता समयले लान्छ भन्ने तथ्य यस विश्लेषणले प्रस्ट पारेको छ । आधुनिक समयका आख्यानसँग सम्बन्धित कृतिहरूमा उल्लेख्य मात्रामा लोकविश्वासको अवस्था नपाइए पनि केही हदसम्म लोकविश्वासको प्रयोग भएको देखिन्छ । प्रस्तुत उपन्यास बालबालिका एवं किशोर किशोरीहरूलाई लक्षित गरेर लेखिएको कृति भएपनि यसभित्र पनि लोकविश्वास आउनुले औपन्यासिक कृतिहरूमा धेरथोर यसको अस्तित्व हुने रहेछ भन्ने कुरा देखाइएको छ । यस अध्ययनको माध्यमबाट लोकविश्वासको प्रयोगको दृष्टिले आमाको चन्द्रमा उपन्यास सफल उपन्यासको रूपमा रहेको देखिन्छ । यहाँ व्यक्त भएको लोकविश्वासको प्रयोगले उपन्यासभित्रका पात्र, घटना र परिवेशमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै उपन्यासको कथानक पूर्ण भएको छ भन्ने सार निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
70
pdf (नेपाली)
14

Published

2025-09-29

How to Cite

Bhetwal, G. (2025). आमाको चन्द्रमा उपन्यासमा लोकविश्वास . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 48–53. https://doi.org/10.3126/pb.v7i14.84949

Issue

Section

Articles