बढिरहेको सम्बन्धविच्छेद र सामाजिक अवस्था

Authors

  • Gyanhari Dhakal

DOI:

https://doi.org/10.3126/pb.v7i14.84950

Keywords:

मानव सभ्यता, विवाह, अन्तरसम्बन्ध, सांस्कृतिक संगठन, सम्बन्धविच्छेद

Abstract

मानव सभ्यता र संस्कृतिको विकासक्रमको साथ साथै आज मानव समाज पनि झन–झन जटिल बन्दै गइरहेको छ । यसैगरी समयको परिवर्तनको साथसाथै मानिसहरूको कार्य क्षमता, भूमिका र शैलीमा पनि परिवर्तन आउँदै गएको छ । यस अध्ययनको मुख्य उद्देश्यलाई प्राप्त गर्न विभिन्न पद्धतिहरू अपनाइएको छ । गुणात्मक तथा मात्रात्मक प्रवृत्तिका आवश्यक तथ्याङ्कहरू सङ्कलन गरिएको छ । यस अध्ययनले काठमाडौं जिल्ला भित्र भएका सम्बन्धविच्छेद भएका महिलाहरूको कारण र परिणामहरूप्रति समाज, सरोकारवाला, संघसंस्थाहरूको सामाजिक, सांस्कृतिक, मनोविज्ञान अवस्थाको जानकारी लिनु हो । तथ्याङ्क सङ्कलन गर्ने क्रममा अन्तर्वार्ता, अवलोकन, प्रश्नावली जस्तो प्राविधिहरू प्रयोग भएका छन र यसै माध्यमबाट सम्बन्ध विच्छेद कर्ताको पारिवारिक पृष्ठभूमि, उनीहरूको अवस्था, समाज आफन्तका मनोवृत्ति बुझ्ने प्रयास पनि गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
19
pdf (नेपाली)
4

Published

2025-09-29

How to Cite

Dhakal, G. (2025). बढिरहेको सम्बन्धविच्छेद र सामाजिक अवस्था . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 54–60. https://doi.org/10.3126/pb.v7i14.84950

Issue

Section

Articles