नवग्रह एवं गुरुशुक्रास्तको अनुशीलन
DOI:
https://doi.org/10.3126/pb.v7i14.84951Keywords:
अग्निपरिग्रह, कृत्याकृत्य, शास्त्रसम्मति, इहलौकिक, शिशुत्वदोष, अतिचारAbstract
हाम्रो वैदिक सनातन धर्ममा नौवटा ग्रहहरू रहेका छन् । नौवटा ग्रहहरूमध्ये बृहस्पति र शुक्रलाई आकाशमण्डलका विद्वान् ग्रहहरू हुन् । आकाशमा ग्रहहरू नदेखिनु नै ग्रहास्त हुनु हो । सूर्यको समीप रहने र गति पनि सूर्यकै अनुपातमा रहने हुनाले प्रायः शुक्र ग्रह अस्त अधिक समय हुन्छ । गुरुशुक्र देखिएको अवस्थालाई उदय भनिन्छ भने आकाशमा नदेखिई कतै हराएको वा अस्ताएको अवस्थालाई गुरुशुक्र अस्त भनिन्छ । गुरुशुक्रास्तमा गर्न हुने र नहुने कुराको विषयमा धर्मशास्त्रले स्पष्ट उल्लेख गरेको छ । ग्रहहरूको उदय र अस्त स्वभाविक प्रक्रिया हो । देवगुरु बृहस्पति र दैत्यगुरु शुक्रको अस्तकालका कृत्याकृत्यको विषयमा मानिसलाई जानकारी हुनुपर्दछ । धर्मशास्त्र एवं ज्योतिषीय पद्धतिलाई नस्वीकार्दा समाजमा अनेकौं समस्या देखा परेका छन् । समाजमा स्खलित हँदै गएको धर्मशास्त्रीय परम्परालाई जीवन्त राख्न पनि गुरुशुक्रास्तको सेरोफेरोमा रहेर कृत्याकृत्यको जानकारी आमजनमानसमा दिनु आजको आवश्यकता हो ।