गाउँमा गीतहरू गुन्जिँदैनन् कथाको सङ्कथन विश्लेषण

Authors

  • Dipak Thapa

DOI:

https://doi.org/10.3126/pb.v7i14.84952

Keywords:

सङ्कथन, संज्ञानात्मक, द्वन्द्वकाल, सांस्कृतिक, संरचना

Abstract

प्रस्तुत लेख महेशविक्रम शाहद्वारा लिखित गाउँमा गीतहरू गुन्जिँदैनन् कथामा सङ्कथन विश्लेषणअन्तर्गत सन्र्दभका आधारमा विश्लेषणमा केन्द्रित छ । सङ्कथनको विश्लेषण गर्दा पाठका भित्र र बाहिर दुवै सन्दर्र्भ अर्थ खोजी गरिन्छ । पाठभित्रको आन्तरिक संरचनागत अर्थमा पाठको आन्तरिक बानोटका बारेमा विश्लेषण गरिन्छ । पाठको बाह्य सन्दर्भगत अर्थअनुसार भौतिक सन्दर्भ र संज्ञानात्मक सन्दर्भहरू हुन् । भौतिक सन्दर्भअन्तर्गतः स्थलगत सन्दर्भ, काल या समयगत सन्दर्भ, सहभागी सन्दर्भ पर्दछन् । संज्ञानात्मक सन्दर्भअन्तर्गतः सामाजिक सन्दर्भ, आर्थिक सन्दर्भ, राजनीतिक सन्दर्भ, धार्मिक र सांस्कृतिक सन्दर्भ, वैचारिक सन्दर्भहरू पर्दछन् । गाउँमा गीतहरू गुन्जिँदैनन् कथा वि.सं.२०५२ सालमा सुरुभएको द्वन्द्वकालीन कुनै सुदुरपश्चिम तराईको कुनै एक ग्रामीण भूभागमा घटेको घटनाहरूमा केन्द्रित छ । द्वन्द्व सुरुभएको पाँच छ वर्षपछि लेखक गाउँमा जाँदा युद्धका कारण गाउँ पूरै खण्डहर परेको थियो । उनले पढेका विद्यालयमा अहिले पढाइ नभई भुस्याहा कुकुर सुत्ने ठाउँ बनेको छ । सञ्चारको टावर ध्वस्त भएको छ । गाउँ कोही युवायुवतीहरू छैनन् । केवल केही वृद्ध बुढाबुढी मात्र बस्ने गरेको उजाड गाउँ बनेको छ । आफ्नो परिचत गाउँ पनि लेखक पुग्दा अपरिचित ठाउँ बन्यो । उनले आफ्नो परिचय नै नदिइ एक रात बिताइ विहान सबेरै गाउँबाट उनी पुनः शहर फर्कन बाध्य भए । उनी आफ्नो गाउँमा पुग्दा पनि बन्दुकको आवाज बन्द भएको थिए । यसरी कथाभित्र प्रस्तुत गरिएको गाउँको परिवेश र तत्कालीन गाउँको परिवेशलाई सङ्कथनको विश्लेषणअन्तर्गत भौतिक सन्दर्भ र संज्ञानात्मक सन्दर्भसँग तुलना प्रस्तुत लेखमा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
14
pdf (नेपाली)
4

Published

2025-09-29

How to Cite

Thapa, D. (2025). गाउँमा गीतहरू गुन्जिँदैनन् कथाको सङ्कथन विश्लेषण . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 68–75. https://doi.org/10.3126/pb.v7i14.84952

Issue

Section

Articles