‘डाँफे र मुरली’ लोकगाथाको समाजशास्त्रीय अध्ययन
DOI:
https://doi.org/10.3126/pb.v7i14.84954Keywords:
लोकगाथा, समाजशास्त्र, सामाजिक परिवेश, लोकविश्वास, सामाजिक सम्बन्धAbstract
‘डाँफे र मुरली’ नेपाली लोकजीवनमा एउटा प्रसिद्ध लोकगाथा हो । यस गाथामा डाँफे र मुरलीको वियोगान्त प्रेमकथा रहेको छ । यस गाथाले नेपाली समाजमा निकै गहिरो छाप छोड्न सफल भएको छ । नेपाली समाजको वास्तविक अवस्थालाई यस गाथाले प्रस्तुत गरेको छ । हिमालदेखि तराईसम्मको परिवेशलाई समेटी नेपाली संस्कृति र समाजका विविध पक्षहरू यसमा वर्णित छन् । समाजशास्त्रीय पद्धतिबाट हेर्न सकिने आधारहरू यस गाथामा प्रशस्त रहेका छन् । मनोरञ्जनात्मक ढङ्गबाट मानवेतर प्राणीलाई मानवीकरण गरी समाजको यथार्थपरक चित्रण गर्नु र यस गाथाको मुख्य उद्धेश्य देखिन्छ । ‘डाँफे र मुरली’ लोकगाथामा पनि विशेषगरी गण्डकी अञ्चल त्यसमा पनि हिमाली क्षेत्र र तराईका केही रहनसहनहरू वर्णित छन् । प्रस्तुत गाथाको मूल आशय मानवेत्तर पक्षीलाई मानवीकरण गरी मानवीय जीवनका विविध पक्षलाई देखाउनु रहेको देखिन्छ । पात्र पक्षीलाई बनाइए पनि यस गाथाले मानवीय प्रेम, त्रास र करुणालाई बोकेको छ । लोभका कारण पासोमा परी ज्यान गुमाउन पुगेको डाँफेका माध्यमबाट गाथालाई त्रासद तुल्याएको छ । अनावश्यक जिद्धिले दुर्भाग्य निम्त्याउँछ भन्ने सार यस अध्ययनको रहेको छ ।