आमाको सपना कवितामा प्रयुक्त वैचारिकता

Authors

  • Badri Prasad Dhakal

Keywords:

क्रान्तिचेत, स्वतन्त्रता, राष्ट्रिय भाव, संवेदना, हार्दिकता

Abstract

गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कवितामा प्रयुक्त क्रान्तिचेत, स्वतन्त्रता र राष्ट्रिय भाव वा वैचारिक पक्ष प्रबल भएर देखापरेको पाइन्छ । उनका कवितामा प्रयुक्त शब्द बिम्ब, प्रतीक, भाव र अर्थमा सुन्दर संयोजन छ । उनका कवितामा संवेदना, हार्दिकता एवम् कलात्मकताको सुन्दर संयोजन पनि छ । मूलतः नेपाली समाज र नेपाली मात्र नभई समस्त मानव सभ्यताको उत्पीडन विरुद्ध विद्रोहको स्वर उनका कवितामा पाइन्छन् । रिमालको सृजनात्मक व्यक्तित्व अन्याय र अत्याचारका विरुद्ध हरदम सजगतापूर्ण ढङ्गले उपस्थित छ । राष्ट्रवादी विचारको अभिव्यक्ति, आशावादी जीवनदृष्टि, प्रकृति चित्रण, विद्रोही भाव, यथार्थको चित्रण, प्रणय–प्रेमको चित्रण, प्रगतिवादी चेतना, मानवतावादी विचारको अभिव्यक्ति, साझा संवेदना, मानवीय अनुभूति, जीवनवादी दृष्टिकोण, विचारमा स्पष्टता, परिष्कार आदि उनका कवितात्मक विशेषताहरू हुन् भन्ने निष्कर्ष अध्ययनबाट प्राप्त भएको छ । उनका रचनाहरूमा राष्ट्रवादी विचार, प्रकृति चित्रण, सामाजिक यथार्थता, मानवतावादी स्वर, समसामयिक चेतना, प्रगतिवादी चेतना, व्यङ्ग्यात्मकता आदि प्रवृत्तिहरू पाइन्छ । कवि गोपालप्रसाद रिमालले सरल भाषाशैलीमा भाव र अनुभूतिलाई अत्यन्त सहजतापूर्ण तरिकाले प्रस्तुत गरेका छन् । उनका कविताहरूमा व्यक्त भएको विचार वा धारणाले व्यक्ति तथा समाजलाई प्रभाव पारेको छ । व्यक्तिले भोग्नुपरेको विवशता, बाध्यता, अत्याचारबाट मुक्ति र शान्तिपूर्ण जीवनको परिकल्पना गर्दै उनले सचेतनापूर्वक कवितामा आफ्ना मान्यता एवम् विचार व्यक्त गरेका छन् भन्ने निष्कर्ष रहेको छ ।

Abstract
68
pdf (Nepali)
20

Downloads

Published

2025-09-29

Issue

Section

Articles

How to Cite

Dhakal, B. P. (2025). आमाको सपना कवितामा प्रयुक्त वैचारिकता . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 93-98. https://doi.org/10.3126/pb.v7i14.84956