पहेँलो गुलाफ कथामा बीभत्स रस

Authors

  • Maya Aryal Upadhyaya

Keywords:

अनुभाव, निष्पत्ति, बीभत्स रस, विभाव, व्यभिचारी भाव

Abstract

प्रस्तुत अध्ययन प्रेमा शाहको ‘पहेंलो गुलाफ’ कथामा प्रयुक्त बीभत्स रस मूल समस्या केन्द्रित रहेको छ । मूल समस्याको समाधानका लागि ‘पहेँलो गुलाफ’ कथामा बीभत्स रसको प्रयोग केकस्तो रहेको छ भन्ने प्राज्ञिक समस्या निर्धारण गरिएको छ भने सोही समस्याको समाधान गर्नु प्रस्तुत अध्ययनको उद्देश्य रहेको छ । सामग्री विश्लेषणका लागि पाठविश्लेषण केन्द्री गुणात्मक अनुसन्धान ढाँचालाई उपयोग गर्दै अध्ययनको पूर्णताका लागि रससूत्रलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरी निष्कर्षमा पुग्नका लागि विश्लेषणत्मक विधि अवलम्बन गरिएको छ । रस सिद्धान्तका आधारमा भरतमुनिले स्थापना गरेको ‘विभावानुभावव्यभिचारिसंयोगाद्रनिष्पत्ति’ रहेको छ । प्रस्तुत रससूत्रले विभाव, अनुभाव र व्यभिचारिभावको संयोगबाट रसनिष्पत्ति अर्थात् रस निर्माण हुने आधार प्रस्तुत गरेको छ । उपर्युक्त रससूत्रका आधारमा विभाव, अनुभाव र व्यभिचारि÷सञ्चारी भावले मानव मनमा सुषुप्तावस्थामा विद्यमान रहेको स्थायी भावलाई जागृत गराई रसानुभूति गराउँछ भन्ने पक्षको सैद्धान्तिक आधार निर्माण गर्दछ । कथामा अवस्थित बीभत्स रसलाई पृष्ठपोषण गर्ने सन्दर्भमा घृणा तथा जुगुप्सा स्थायी भावका रूपमा रहने बीभत्स रसमा विभावादि अनुकार्यका रूपमा घृणा जगाउने सडेगलेको मासु, रगतको पोखरी जस्ता वस्तु आलम्वन विभावका रूपमा रहेका छन् भने उद्दीपन विभावका रूपमा सडेको मासुमा कीरा पर्नु, रगतकजन्य अवस्थाका दृश्य वा वस्तुहरू रहेका छन् । कथामा विभिन्न सन्दर्भमा आएका विभावादिको उपस्थितिले बीभत्स रसलाई फलागम अर्थात् मूलभाव स्थापित गर्ने प्रयोजन लिएका छन् । प्रस्तुत कथाको भाव र्सयोजनका लागि परस्पर विभावादिको प्रयोग उचित रूपमा भएको छ । प्रस्तुत विभावादिको प्रयोगले प्रेमा शाहको ‘पहेँलो गुलाफ’ कथामा प्रयुक्त बीभत्स रसलाई विकसित अवस्थामा पुर्याउन उचित व्यवस्थापन गर्न सकेको देखिन्छ ।

Abstract
72
pdf (Nepali)
26

Downloads

Published

2025-09-29

Issue

Section

Articles

How to Cite

Aryal Upadhyaya, M. (2025). पहेँलो गुलाफ कथामा बीभत्स रस . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 106-112. https://doi.org/10.3126/pb.v7i14.84958