महिलाहरूको आयआर्जनले ल्याएको सामाजिक परिवर्तन

Authors

  • Shankar Nath, Indra kala Poudel, Baral

DOI:

https://doi.org/10.3126/pb.v7i14.84960

Keywords:

लैंङ्गिक भेदभाव, परिवर्तन, महिला स्वतन्त्रता, गुणस्तरीय जीवन, आयआर्जन

Abstract

प्रस्तुत अध्ययन महिलाहरूको रोजगारीले ल्याएको सामाजिक परिवर्तनसँग सम्बन्धित रहेको छ । रोजगार महिलाहरू आफ्नो रोजगारीप्रति कत्तिको सन्तुष्ट छन् र किन भन्ने तथ्य यहाँ अध्ययन पछि विश्लेषण गरिएको छ । यसबाट धेरैजसो महिलाहरू आफ्नो पेसाप्रति असन्तुष्ट रहेको र अफ्नो कामप्रति ज्यालाको कारण असन्तुष्ट रहेको भएपनि बेरोजगार रहनु पर्दा तथा सामाजिक रूपमा हेरिने दृष्टिकोण पनि फरक पाईने हुनाले बाहिर गर्वको भाव राख्ने गरेको पाइन्छ । सन्तुष्ट देखिने आधार र कारणहरूमा सबैभन्दा मुख्य कुरो उनीहरूले रोजगारीबाट प्राप्त गर्ने आर्थिक आयआर्जन नै हो । बेरोजगारहरूको संख्या अत्यधिक रहेको हाम्रो समाजमा रोजगार पाउनु र त्यहीमाथि महिला भएर आत्मनिर्भर र स्वावलम्वन जीवन जिउन पाउनु चानचुने कुरो पक्कै होइन । रोजगारले गर्दा समाजको उनीहरूप्रतिको दृष्टिकोण सकारात्मक हुनु अर्को महत्त्वपूर्ण पक्ष हो । यसैगरी आयमूलक काममा संलग्न महिलाहरूले अशिक्षित एवं बेरोजगार महिलाको तुलनामा आफ्नो घर परिवार र समाजबाट बढी नै सरसहयोग, सद्भाव एवं हौसला पाउनु पनि अर्को महत्त्वपूर्ण पक्ष मान्नु पर्दछ । नेपालको संविधान २०७२ ले पनि लैंङ्गिक भेदभावरहित समाजको स्पष्ट व्याख्या गरेको छ । हाल आएर महिलाहरूले घरायसी धन्दाको रूपमा गर्ने कामलाई पनि आयमूलकको दर्जामा राखेर अध्ययन गर्ने परिपाटीले धेरैजसो महिलाहरूलाई आर्थिक रूपमा क्रियाशील देखाएको पाइएता पनि यथार्थमा रोजगार महिलाहरूको संख्या न्यून छ भन्ने निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
13
pdf (नेपाली)
10

Published

2025-09-29

How to Cite

Poudel, Baral, S. N. I. kala. (2025). महिलाहरूको आयआर्जनले ल्याएको सामाजिक परिवर्तन . Prajnik Bimarsha प्राज्ञिक विमर्श, 7(14), 113–119. https://doi.org/10.3126/pb.v7i14.84960

Issue

Section

Articles