मुटुको व्यथा नाटकमा विरेचन
DOI:
https://doi.org/10.3126/pb.v7i14.84961Keywords:
निर्भिकता, पर्गेसन, क्याथर्सिस, उद्बोध, अपकर्षAbstract
‘मुटुको व्यथा’ नाटकको विरेचन सिद्धान्त निरुपण गर्ने सिलसिलामा बालकृष्ण समको सामान्य परिचय दिइएको छ । यो नाटक अरिस्टोटलको दुःखान्त सिद्धान्त तथा विरेचन सिद्धान्तलाई आधार मानेर लेखिएको हुनाले दुःखान्त एवम् विरेचन सिद्धान्तको सैद्धान्तिक आधार पनि प्रस्तुत गरिएको छ । दुःखान्त नाटकमा हुनुपर्ने सम्पूर्ण तत्त्वको व्याख्या पनि गरिएको छ । ‘मुटुको व्यथा’ नाटक कृतिबाट त्रास, करुणा र विरेचन भएका साक्ष्यहरूको विरेचन सिद्धान्तका आधारमा व्याख्या विश्लेषण गरिएको छ । यस नाटकमा भएका विरेचन, करूणा र त्रासका साक्ष्यहरूको माध्यमबाट विरेचन सिद्धान्तलाई पुष्टि गरिएको छ । अन्त्यमा नाटकलाई एउटा सफल दुःखान्त नाटकमा हुनुपर्ने नाटक र विरेचन गुण भएको नाटक भनी निष्कर्ष निकालिएको छ । प्रमुख शब्दावली ः निर्भिकता, पर्गेसन, क्याथर्सिस, उद्बोध र अपकर्ष ।