‘साकेला सिली नाचौँ न होई’ साकेला लोकगीतको सन्दर्भपरक विश्लेषण
DOI:
https://doi.org/10.3126/pb.v7i14.84962Keywords:
संस्कृति, साकेला, प्रस्तुुति, प्रचलित स्थानिक, जातिक, मौलिक विशेषताAbstract
प्रस्तुत लेख ‘साकेला सिली नाचौँ न होई’ साकेला लोकगीतको सन्दर्भपरक विश्लेषणमा केन्द्रित छ । यो अनुुसन्धानात्मक लेख गुणात्मक प्रकृतिको रहेको छ । लोकसाहित्यको महत्त्वपूूर्ण विधाका रूपमा लोकगीतलाई लिइन्छ । साकेला लोकगीत पनि लोकसाहित्यअन्तर्गत पनि अन्य लोकगीतहरूमध्ये छुट्टै विशेषता भएको गीत हो । साकेला लोकगीत नेपालको पूर्वी क्षेत्रमा प्रचलित गीत हो । यस लेख अध्ययनका लागि सामग्रीको सङ्कलन गायक, गायिका, स्रोत व्यक्ति र पुस्तकालयीय कार्यबाट गरिएको छ । लोकगीतले जातिगत पहिचान गर्ने भएकोले लोकसाहित्य अन्तर्गत पर्ने यस साकेला लोकगीतमा राई किराँत समुुदायको चालचलन, वेषभूूषा, परम्परा, विश्वास, रीतिरिवाज जस्ता पक्ष समावेश भएको हुुन्छ । साकेला लोकगीत भनेको राई किराँत जातिको पहिचान गर्ने महत्त्वपूर्ण माध्यम हो । यसले नेपालमा रहेका जातजातिमध्ये राई किराँत जातिको भाषा तथा जीवन शैलीलाई चित्रण गर्दछ । साकेला लोकगीतलाई यस जातिले विषेश रूपमा मनाउने विषेश चाडपर्व उभौली र उधौलीमा प्रस्तुुत गर्दछन् । यस गीतले मनोरञ्जनको साथ–साथै संस्कृति र संस्कारलाई पुुस्तान्तरणको भूूमिका वहन गरेको हुुन्छ । साकेला लोकगीतमा कतिपय अवस्थामा राई तथा किराँत भाषा नै प्रयोग गरि प्रस्तुुत गरिएको पाइन्छ । त्यसैले यसको विश्लेषण लोकगीत कै सन्दर्भहरूलाई आधार बनाइ गरिएको हुुन्छ । यसमा भौतिक सन्दर्भ, संज्ञान सन्दर्भ, सामाजिक र सांस्कृतिक सन्दर्भ र वैयक्तिक सन्दर्भ आदिको अध्ययन गरी निष्कर्ष प्रस्तुुत गरिको छ । साकेला लोकगीत नेपालको पूूर्वी भेगमा बसोबास गर्ने राई किराँत जातिमा प्रचलित स्थानिक, जातिक र मौलिक विशेषता भएको सांस्कृतिक पर्व लोकगीत हो । यसमा सन्दर्भपरक विश्लेषण सम्बन्धी विभिन्न विद्वानका विचार उल्लेख गर्दै बाउम्यानले गरेको मुुख्य आधारलाई लिइएको छ । यस क्रममा सन्दर्भपरक विश्लेषणको सैद्धान्तिक परिचय दिई ‘साकेला सिली नाचौ न होई’ साकेला लोकगीतमा प्रयुुक्त सन्दर्भपरक विश्लेषणको अध्ययन गरिएको छ ।