पर्दाभित्र...उपन्यासमा प्रयुक्त वैचारिकता

Authors

  • Achut Raj Upadhyay Tiwari

Keywords:

क्रान्तिचेत, स्वतन्त्रता, राष्ट्रिय भाव, संवेदना, हार्दिकता

Abstract

गङ्गाप्रसाद भेटवालको पर्दाभित्र.....(२०८०) उपन्यासमा प्रयुक्त क्रान्तिचेत, स्वतन्त्रता र राष्ट्रिय भाव वा वैचारिक पक्ष प्रबल भएर देखापरेको पाइन्छ । उनका उपन्यासमा प्रयुक्त भाव र अर्थमा सुन्दर संयोजन छ । उनको यस उपन्यासमा संवेदना, हार्दिकता एवम् कलात्मकताको सुन्दर संयोजन रहेको छ । मूलतः नेपाली समाज र नेपाली मात्र नभई समस्त मानव सभ्यताको उत्पीडन विरुद्ध विद्रोहको स्वर यस उपन्यासमा पाइन्छ । उपन्यासकार भेटवालको सृजनात्मक व्यक्तित्व अन्याय र अत्याचारका विरुद्ध हरदम सजगतापूर्ण ढङ्गले उपस्थित रहेको छ । राष्ट्रवादी विचारको अभिव्यक्ति, आशावादी जीवनदृष्टि, प्रकृति चित्रण, विद्रोही भाव, यथार्थको चित्रण, प्रणय–प्रेमको चित्रण, प्रगतिवादी चेतना, मानवतावादी विचारको अभिव्यक्ति, साझा संवेदना, मानवीय अनुभूति, जीवनवादी दृष्टिकोण, विचारमा स्पष्टता, परिष्कार आदि उनका औपन्यासिक विशेषताहरू हुन् भन्ने निष्कर्ष अध्ययनबाट प्राप्त भएको छ ।भेटवालकोपर्दाभित्र...उपन्यासमा राष्ट्रवादी विचार, प्रकृति चित्रण, सामाजिक यथार्थता, मानवतावादी स्वर, समसामयिक चेतना, प्रगतिवादी चेतना, व्यङ्ग्यात्मकता आदि प्रवृत्तिहरू पाइन्छ । उपन्यासकार गङ्गाप्रसाद भेटवालले सरल भाषाशैलीमा भाव र अनुभूतिलाई अत्यन्त सहजतापूर्ण तरिकाले प्रस्तुत गरेका छन् । यस उपन्यासमा व्यक्त भएको विचार वा धारणाले व्यक्ति तथा समाजलाई प्रत्यक्ष प्रभाव पारेको छ । व्यक्तिले भोग्नुपरेको विवशता, बाध्यता, अत्याचारबाट मुक्ति र शान्तिपूर्ण जीवनको परिकल्पना गर्दै उनले सचेतनापूर्वक उपन्यासमा आफ्ना मान्यता एवम् विचार व्यक्त गरेका छन् भन्ने निष्कर्ष रहेको छ ।

Abstract
83
pdf (Nepali)
0

Downloads

Published

2026-04-21

How to Cite

पर्दाभित्र...उपन्यासमा प्रयुक्त वैचारिकता . (2026). Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 1-8. https://doi.org/10.3126/pb.v8i15.93169

Issue

Section

Articles

How to Cite

पर्दाभित्र...उपन्यासमा प्रयुक्त वैचारिकता . (2026). Prajnik Bimarsha प्राज्ञिक विमर्श, 8(15), 1-8. https://doi.org/10.3126/pb.v8i15.93169